मनोरन्जन

पाँचौँ संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलका खेलहरु हुने

पोखरा, १५ जेठ, पोखरामा जारी पाँचौँ संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता अन्र्तगत शनिबार दुई वटा सेमिफाइनल खेलहरु हुने भएका छन् । शनिबार बिहान ८ः०० बजे पहिलो सेमिफाइनल खेलमा एल.पी. देवकोटा मेमोरियल स्कुल र ढुङ्गेसाँघु बोर्डिङ स्कुल बिच प्रतिष्प्रर्धा हुने भएको हो । दोस्रो खेल बिहान ९ः३० बजे बालोदय बोर्डिङ स्कुल र स्पाइरल ग्लेक्सी स्कुल बीच हुने भएको म्याच कमिस्नर गोपाल थापाले बताउनु भयो । आइतबार हुने फाइनल खेलसंगै प्रतियोगिता समापन हुनेछ । आज (शुक्रबार) सम्पन्न क्वार्टर फाइनल खेलमा जित… पुरा पढौ

आगामी आर्थिक वर्ष २०८३\०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

काठमाडौं, १५ जेठ, सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको वार्षिक आय–व्यय अनुमान सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनको विवरण जानकारी गराउनुभयो। अर्थमन्त्री वाग्लेका अनुसार कुल विनियोजनमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ। यससँगै… पुरा पढौ

गण्डकीलाई पर्यटन, खेलकुद र पूर्वाधारको केन्द्र बनाउने बजेट, पोखरा अन्तर्राष्ट्रिय उडानदेखि मुक्तिनाथ करिडोरसम्मका महत्वाकांक्षी योजना घोषणा

दीननाथ बराल,पोखरा, १५ जेठ, सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमार्फत गण्डकी प्रदेशलाई धार्मिक पर्यटन, खेलकुद, सडक पूर्वाधार र अन्तर्राष्ट्रिय हवाई सेवाको केन्द्रका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज (शुक्रबार) संघीय संसदमा बजेट प्रस्तुत गर्दै पोखरा र गण्डकी केन्द्रित बहुआयामिक योजनाहरू घोषणा गर्नुभएको हो । बजेटमा “गण्डकी चतुरभुज” अवधारणालाई प्राथमिकतामा राख्दै लुम्बिनी, चितवन, कोरला नाका र त्रिवेणीधामलाई जोड्ने धार्मिक, पर्यटन तथा व्यापारिक सञ्जाल विस्तार गरिने उल्लेख गरिएको छ । सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको… पुरा पढौ

सरकारले खेलकुद क्षेत्रमा ४ अर्ब रुपैयाँ बजेट विनियोजन

काठमाडौं, सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ बजेट छुट्याएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदमा बजेट प्रस्तुत गर्दै यो रकम खेलकुद विकासमा प्रयोग गरिने जानकारी गराएका छन्। बजेटअनुसार, पोखरा, काठमाडौँ लगायतका प्रमुख शहरमा २ हजार क्षमताको मल्टिपरपोज हल निर्माण गरिने छ। साथै आगामी तीन वर्षभित्र देशका १० स्थानमा ८ हजार क्षमताको फुटबल रंगशाला र प्रमुख आठ शहरमा क्रिकेट रंगशाला निर्माण हुने छ। अर्थमन्त्री वाग्लेले खेलकुदको पहुँच विस्तार र जनसरोकारका कार्यक्रम सञ्चालन गर्न यो… पुरा पढौ

धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाखभन्दा बढी बचत,

पोखरा, तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न ‘धनबहादुर गुरुङ सांगीतिक साँझ २०८२’ कार्यक्रमबाट ३५ लाखभन्दा बढी रकम बचत भएको छ । तमु कलाकारहरूको हकहित र कल्याणका लागि स्थापना गरिएको तमु कल्याणकारी कोषका लागि आयोजित सांगीतिक साँझबाट ३५ लाख २४ हजार ५ सय ८९ रुपैयाँ बचत भएको आयोजकले जनाएको छ । गत फागुन ८ गते पोखरा रंगशालामा आयोजित सांगीतिक साँझबाट कुल ५६ लाख २४ हजार ४ सय ५८ रुपैयाँ संकलन भएको र विभिन्न शीर्षकमा भएको खर्च कटाएर उक्त… पुरा पढौ

“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक

पोखरा, मौलिक भाका र ठट्यौली शैलीमा तयार पारिएको नयाँ गीत “फुल रसैको” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सिम्रन बुनुको प्रस्तुतिमा तयार भएको उक्त भिडियो पोखरामा एक कार्यक्रमको बीच सार्वजानिक गरियो । प्रेम, माया र समर्पणको भावलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतको शब्द तथा सिर्जना समीर रामदामले लेखेका हुन भने निर्देशन अनुप अधिकारीले गरेका हुन् । गीतले भावनात्मक सम्बन्धलाई सरल र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ । म्युजिक भिडियोमा समीर रामदाम, सिम्रन बुनु, अनुप… पुरा पढौ

गत वर्षको विजेता हिमालयन बोर्डिङलाई हराउँदै स्पाइरल ग्लेक्सी स्कुल वडाध्यक्ष कपको सेमिफाइनलमा

पोखरा १४, जेठ, गत वर्षको विजेता हिमालयन बोर्डिङ स्कुललाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै स्पाइरल ग्लेक्सी स्कुल पाँचौँ संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । स्पाइरल ग्लेक्सीका प्रमिस रत्न ‘म्यान अफ द म्याच’ घोषित भए । गतबर्ष हिमालयन बोर्डिङ स्कुलले चौथो संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधि जितेको थियो । हिमालयनले फाइनलमा एल.पी. देवकोटा मेमोरियल स्कुललाई २–० गोलअन्तरले पराजित… पुरा पढौ

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

पोखरा, नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ ।मंगलबार साँझ पोखरामा आयोजित एक भव्य कार्यक्रमका बिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो । यसअघि २०८१ भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो । त्यो सम्झौताको केही समय बाँकी नै रहँदा नै ब्रिजले सन्दीपसँग सम्झौता नविकरण गर्दै थप पाँच वर्षको लागि सम्झौता गरेको हो । ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरी र सन्दीप… पुरा पढौ

अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल जारी

पोखरा, ड्यामसाइड क्लबको आयोजनामा पोखरामा पाँचौं संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता–२०८२ जारी छ । ड्यामसाइडस्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन ४ खेल सम्पन्न भए । बुधबारको खेलमा ढुंगेसाँघु बोर्डिङले ड्रिम एकेडेमीलाई ३–० गोलअन्तरले पराजित गरेको छ । खेलमा ढुंगेसाँघुका सुमित नेपाली म्याच अफ दि म्याच घोषित भए । यसैगरी, जानकी र एक्स आर्मीबीच प्रतिस्पर्धामा जानकी ३–० गोलअन्तरले विजयी भयो । जानकीका अभिषेक मल्ल म्याच अफ दि म्याच बने । अर्को खेलमा, स्पाइरल ग्लालेक्सीले फिस्टेल… पुरा पढौ

पोखरामा पाँचौं अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल सुरु, पहिलो दिन ४ खेल सम्पन्न, शिशु निकेतन सहित चार टोली विजयी

पोखरा, १२ जेठ, खेलकुदको शहरका रूपमा परिचित पोखरामा विद्यालयस्तरीय फुटबल खेलको विकास र ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित पाँचौं संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ मंगलबारदेखि सुरु भएको छ । पोखराको ड्यामसाइड क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा सुरु प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिन शिशु निकेतन बोर्डिङ स्कुल, शान्तिनिकुञ्ज बोर्डिङ स्कुल, बालोदय बोर्डिङ स्कुल र एलपी देवकोटा मेमोरियल विजयी… पुरा पढौ