शिक्षा

प्याब्सन कास्कीद्वारा प्रभावकारी शिक्षण तथा मूल्याङ्कन विषयक शिक्षक तालिम

पोखरा÷जेठ–१६, प्याब्सन कास्कीको आयोजनामा पाँओटा मुख्य विषयहरू नेपाली, अङ्ग्रेजी,गणित, विज्ञान र सामाजिक विषयको आधारभूत तह कक्षा ४ देखि कक्षा ८ सम्म अध्यापन गराउने प्याब्सन आवद्ध सस्थागत बिधालयका करिब ७ सय शिक्षकहरूका लागि पोखराका तीन ओटा पार्टी प्यालेसमा तालिम संचालन गरिएको छ । उक्त तालिम अन्तर्गत अङ्ग्रेजी विषयको शितलादेवी पार्टी प्यालेस चापापानीमा,एस।आर।के।सी। क्याटरिङ माटेपानीमा गणित र विज्ञान, साइमन पार्टी प्यालेस सृजनाचोकमा नेपाली र सामाजिक विषयका दुईदिने तालिम दशओटा हलहरूमा जेठ १५ गतेबाट सुरुवात भएका छन्। उक्त कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, काठमाडौँ… पुरा पढौ

पोखरामा पनि गणतन्त्र दिवस मनाईयो

दीननाथ बराल,पोखरा, १५ जेष्ठ, गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । प्रदेश सरकारले प्रभात फेरि सहित विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाएको हो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रदेशमा धेरै अधिकार दिएकोले त्यसको कार्वान्वयन गर्न आग्रह गर्नुभयो । गणतन्त्र स्थापना पछि जनताले शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी , पूर्वाधार विकासमा केही कामहरूको सुरूवात भएको यहाँले बताउनुभयो । सिमित श्रोत साधनका बाबजुत सबै एक भई संघिय लोकतान्त्रीक गणतन्त्रको संस्थागत बिकासमा लाग्न प्रदेश प्रमुख… पुरा पढौ

सामाजिक कार्यका विद्यार्थीले समाजमा धेरै योगदान गर्न सक्छन्

पोखरा, सामाजिक कार्यका विद्यार्थीहरुले समाजमा धेरै योगदान दिन सक्ने बुधबार पोखरामा आयोजित सम्वाद कार्यक्रमका वक्ताहरुले बताएका छन्। लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गत समाज विज्ञान केन्द्रले आयोजना गरेको ‘सामाजिक सेवामा सामाजिक कार्यका स्नातक र गैरसरकारी संस्था’ विषयक सहयोग सम्वाद कार्यक्रममा उनीहरुले यसबारे चर्चा गरेका हुन् । स्नातक तहमा सामाजिक कार्य विषय अध्ययन अनुसन्धान गराउँदै आएको लेकसिटी कलेजले पछिल्लो समय सरकारी र गैरसरकारी क्षेत्रमा यसको आवश्यकता बढेसँगै सरोकारवालासँग विद्यार्थीको संवाद कार्यक्रम आयोजना गरेको थियो । समाजमा सचेतना फैलाउन र शिक्षा तथा सीप… पुरा पढौ

प्रतिभामा शिक्षक–अभिभावक बीच भेटघाट ः शिक्षण सिकाईमा प्रविधिलाई जोड

पोखरा, जेठ ३, पोखरा–३ नदीपुरमा रहेको प्रतिभा माविमा शनिबार अभिभावक तथा शिक्षकहरुबीच भेटघाट कार्यक्रम गरिएको छ । नर्सरीदेखि कक्षा–१ सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई शिक्षक्शिक्षिकाहरुसँग राखेर विद्यालयले अन्र्तक्रिया गरेको हो । कार्यक्रममा विद्यालयका प्राचार्य किरण सापकोटाले अभिभावकहरुले राखेको गुनासो तथा जिज्ञासा मेटाउँदै कतिपय सन्दर्भलाई प्रष्ट्याएका थिए । प्राचार्य सापकोटाले विद्यालयले शिक्षण सिकाईमा प्रविधिलाई जोड दिईएको बताए । बालबालिकालाई सैद्वान्तिक कुराहरुसँगै व्यवहारिक ज्ञान पनि दिनुपर्ने भन्दै त्यसका लागि प्रतिभाले भरमग्दूर प्रयास गरेको उनले बताए । उनले सबै बालबालिकाको सिक्ने क्षमता एकै किसिमको… पुरा पढौ

अल्फामा नमुना मतदान सम्पन्न

पोखरा – १६, जेठ, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा जेठ २ गते शुक्रबारका दिन विद्यार्थीहरूलाई निर्वाचनको सम्पूर्ण प्रक्रिया जानकारी गराउने मूलभूत उद्देश्यका साथ विद्यार्थी परिषद एवम् जुनियर रेडक्रस सर्कलका विभिन्न पदका लागि निर्वाचन सम्पन्न भएको छ । सोही निर्वाचनम विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारी प्रमुख आयुक्त, सह प्राचार्य कृष्ण लम्साल निर्वाचन आयुक्त, निराजन थापा निर्वाचन अधिकृत एवम् विजयबाबु अधिकारी मतदान अधिकृतको भूमिकामा रहेका थिए भने विद्यार्थीकै सकृयतामा नमुना सुरक्षाकर्मीको भूमिका निर्वाह गरिएको थियो । विद्यालयका शिक्षकहरू सन्दिप वि.क. आनन्द थापा,… पुरा पढौ

सन्दर्भः २५६९ औं बुद्ध जयन्तीः कुमुदिनी होम्समा धर्मदेशना र नैतिक शिक्षाका कुरा..

पोखरा, २८ वैशाख, पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले २५६९ औं बुद्ध जयन्तीको अवसरमा विद्यालयमा धर्मदेशना र नैतिक शिक्षाका कुराहरु समेटिएका विशेष कार्यक्रम आयोजना गर्यो । बुद्धले आफ्नो जीवनकालमा मानवजातिलाई “सके राम्रो गर, नसके नराम्रो नगर” भनेर सन्देश दिएर जानुभयो । जो अहिले पनि र भोलिका लागि पनि उत्तिकै शिरोपर र मनन् गर्नुपर्ने कुरा हो । धर्मदेशनाका लागि भिक्षु धज्जवन्तोले विद्यार्थीहरुलाई सफलता मात्रे नभई उत्कृष्टता हासिल गर्नका लागि, पढाईमा अब्बल बन्नका लागि एकाग्रता हुनुपर्ने, चञ्चलतालाई हटाउनु पर्ने विधिका बारेमा… पुरा पढौ

कास्कीको मादीमा बस संचालन भएसंगै शहरका बिद्यार्थी गाउँ फर्किदै

दीननाथ बराल, पोखरा २४, वैशाख, कास्कीको मादी गाउँपालिकाका सामुदायिक बिद्यालयमा बस संचालन भएसंगै शहरका बिद्यार्थी गाउँ फर्किन थालेका छन् । मादी गाउँपालिका ४ मा रहेको धुर्व मावि र मादी गाउँपालिका ७ मा रहेको धनुवास कालिका माविले स्कुल बस संचालन गरेसंगै शहर पुगेका बिद्यार्थी गाउँ फर्किन थालेको मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले बताउनु भयो । गाउँका बिद्यार्थी शहर झन थाले पछि सामुदायिक बिद्यालयमा बिद्यार्थी सङख्या बढाउने उद्धेश्यले गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा बस सेवामा लगानी गरेको उहाँले जनाउनु भयो । मादी गाउँपालिकासंगै… पुरा पढौ

स्टेप बाई स्टेप मा. बि. मा निर्वाचन

निर्वाचन प्रणालीका बारेमा सिक्ने सिकाउने उद्देश्यले प्रत्यक्ष निर्वाचन गरी स्टेप बाई स्टेप मा. बि.मासबार, पोखरामा क्रियाशील युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कलको प्रत्यक्ष निर्वाचन गरी कार्यसमिति चयन गरिएको छ । निर्वाचन आयोगले निर्वाचनमा प्रयोग गर्ने मतपेटिका लागाएतका सामाग्रीको प्रयोग गरीे तीनै सर्कलको निर्वाचन गरिएको थियो । पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा आयुषा थापा, उपाध्यक्ष मेलिना पुन, सचिवमा नुसी गुरुङ्ग, कोषाध्यक्ष सम्भव रेग्मी र सहसचिव अनुज बराल निर्वाचित भएका छन् । सदस्यहरुमा इमा थापा, समृद्धि खत्री, सदिक्षा पौडेल, आरोही… पुरा पढौ

काठमाण्डौंमा शिक्षक आन्दोलन जारी, पोखरामा बुधबारदेखि बिद्यालय संचालन गर्न महानगरको निर्देशन

दीननाथ बराल,पोखरा १५, वैशाख, पोखरामा बुधबारदेखि सामुदायिक बिद्यालय संचालन गर्न पोखरा महानगरपालिकाले निर्देशन दिएको छ । यस अघि पनि वैशाख ११ गते देखि बिद्यालय संचालन गर्न निर्देशन जारी गरेको महानगरले अधिकांश बिद्यालयहरु हालसम्म संचालन हुन नसके पछि पुनः बिद्यालय संचालन गर्न निर्देशन दिएको हो । शिक्षकहरुको माग पूरा नभएकोले अधिकांश शिक्षक काठमाण्डौंमा आन्दोलनमा हुनुहुन्छ । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई यही वैशाख १७ गते( बुधबार) देखि नियमित रुपमा कक्षा संचालन गर्न निर्देशन दिएको हो ।नेपाल शिक्षक महासंघको आन्दोलनले सामुदायिक विद्यालयको पठन… पुरा पढौ

स्टेप बाई स्टेप माविमा शिक्षकलाई तालिम

पोखरा, पोखरा मासवारमा रहेको स्टेप बाई स्टेप माध्यामिक विद्यालयमा शिक्षकहरुका लागि तीन दिने तालिम सम्पन्न भएको छ । तालिमको दोस्रो दिन विहीबार इन्टरनेशनल कोच एण्ड टे«निङ एसोसियसनका अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कुशल प्रशिक्षक सुबास पौडेलले तालिम दिए । उनले तालिमका क्रममा सकारात्मक सोच भएका उत्साही, लगनशील र कर्मठ शिक्षकहरुले नै असल र दक्षविद्यार्थी निर्माण गर्न सक्ने बताए । ढिलो बुझ्ने विद्यार्थीलाई शिक्षकले जोड दिएमा उनीहरु उत्कृष्ट बन्न सक्ने उनको भनाइथियो । तालिममा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले शिक्षकले विद्यार्थीलाई पढाउने… पुरा पढौ

This will close in 20 seconds