शिक्षा

सेफ किड्स प्रि–स्कूलमा सरस्वती पूजा

पोखरा २२, माघ, पोखरा ९ दरवारमार्गमा रहेको सेफ किड्स प्रि स्कूलमा वालवालिकाहरूले शुक्ल पञ्चमीका दिन श्रीचन्मी पर्व अर्थात विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाएका छन्। स्कुलका वालवालिकाहरुले देवी सरस्वती कोे मातालाई फूल माला तथा नैबेद अर्पण गरी सरस्वती वन्दना गर्नु भएको थियो ।सेफ किड्स प्रि स्कूलले आफ्नो स्थापनाकाल देखिने प्रत्येक वर्ष श्रीपञ्चमी पर्व विशेष हर्ष उल्लासका साथ मनाउँदै आइरहेको बिद्यालयका संचालक नारायणी कोइरालाले बताउनु भयो । नेपाली कला सस्कृतिको बारेमा बालबालिकाहरुलाई बुझाउन मद्धत पुग्ने हेतुले उक्त कार्यक्रम गरिएको उहाँले… पुरा पढौ

भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

पोखरा, २२ माघ, पोखरा महानगरपालिका वडा नं १३ कुँडहर स्थित भद्रकाली माविको ७३ औ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । वडा नं १३ का वडा अध्यक्ष किरण वरालले वार्षिकोत्सवको उद्घाटन गर्दै भद्रकाली विद्यालय र क्याम्पस एक रथका दुई पाग्रां जस्तै रहेको चर्चा गरे । १२ कक्षा सम्म विद्यालयमा अध्ययनपछि क्याम्पस एउटै परिसरमा पढ्न सजिलो वातवरण भएको अध्यक्ष वरालले भने । वडावाट गरिने सहयोगमा कुनै पनि कमि नहुने हुँदा प्रधानाध्यापकले गुणात्मक शिक्षको लागि ढुक्क भएर अगाडि बढ्न… पुरा पढौ

पोखराको कुमुदिनी होम्समा सरस्वती पूजा सहित महाआरती (भिडियो सहित)

पोखरा २१, माघ, पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज श्रीपन्चमी (सरस्वती) पूजा सहित महाआरती गरिएको छ । श्रीपन्चमी पर्वको अवसरमा हरेक वर्ष बिद्यालयले सरस्वती माताको पूजा आरधाना गर्दै आए पनि यस वर्ष बिषेश पूजा सहित पोखराको तालबराही मन्दिरबाट महाआरती गरिएको बिद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनु भयो । https://www.youtube.com/watch?v=aswfNNsEaN0 यसमा बिद्यार्थीहरुले सरस्वतीलाई सामुहिक रुपमा पूजा आरधाना सहित बिद्याकी खानी सरस्वती माताको पूजा गर्न सहजहोस भनेर बिद्यालयमा विधि पूर्वक पूजा गरिएको उहाँले जनाउनु भयो । कार्यक्रममा बिद्यार्थीहरुले गीत, कविता… पुरा पढौ

मदरल्याण्ड माविका ६ कर्मचारीलाई दीर्घसेवा सम्मान

पोखरा, माघ २०, यहाँस्थित मदरल्याण्ड माविले ६ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ । शिक्षक तथा कर्मचारीको रुपमा २० वर्षदेखि कार्यरत उनीहरुलाई आइतबार सम्मान गरिएको हो । पोखरा महानगरपालिका–७, मासबारस्थित विद्यालयलमा गत शुक्रबारदेखि सुरु भएको तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रमको अन्तिम दिन (आइतबार) उनीहरुलाई सम्मान गरिएको विद्यालयले बताएको छ । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार विद्यायले हरेक वर्ष २० वर्ष कार्यकाल पुरा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा सम्मान प्रदान गर्दे आएको बताए । आचार्यका अनुसार यो पटक… पुरा पढौ

पोखराको ड्यामसाइडमा आइतबार देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु हुने, उद्घाटन खेलमा शिशु निकेतन र किन्डरगार्टेन बिच हुने

दीननाथ बराल,पोखरा १९, माघ, पोखराको ड्याम साइड क्लवको आयोजनामा भोलि (आइतबार) देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा आइतबार देखि हुने भएको आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यही माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा १९ वटा बिद्यालयको सहभागिता रहेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो । आइतबार १२ः०० बजे पछि… पुरा पढौ

मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम सुरु

पोखरा, माघ १८, पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रम सुरु भएको छ । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले तीनदिन अवधिका लागि कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार शुक्रबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रो दिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाउनेछन भने अन्तिम दिन ९ देखि १२ कक्षासम्मका विद्यार्थीले कार्यक्रम पस्कनेछन् । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि… पुरा पढौ

हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्या सदन च्याम्पियन

पोखरा, १८ माघ, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट गुरुकुल विद्यासदन च्याम्पियन भएको छ । गुरुकुल विद्यासदनले हिसान गण्डकीको दोस्रो सस्करणका च्याम्पियन त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल लेखनाथलाई १–० गोल अन्तरले हरायो । विद्यासदनलाई च्याम्पियन बनाउन सुमित मल्लले गोल गरे । त्रिवेणीले मदरल्याण्ड सेकेण्डरी स्कुललाई १–० र गुरुकुलले कास्की मोडनाइज स्कुललाई टाइब्रेकरमा ८–७ गोल अन्तरले हराउदै फाइनल प्रबेश गरेका थिए । तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताका लागि… पुरा पढौ

रजत महोत्सव अवसरमा होली माउण्टमा निःशुल्क दन्त शिविर

पोखरा, १८ माघ, पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत महोत्सवको पूर्व सन्ध्यामा निशुल्क दन्त शिविर तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा अभिभावक र विद्यार्थी लक्षित गरी निशुल्क दन्त शिविर आयोजना गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिए । उक्त अवसरमा २०८१ को खेलकुद पुरस्कार वितरण तथा विविध सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । माता मनकामना डेन्टल केयर पोखरा न्यूरोडको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा अभिभाव र विद्यार्थी… पुरा पढौ

पोखराको प्रगती माविले बार्षिकोत्सवको अवसरमा ५ वटा नाटक प्रर्दशन गर्ने तयारी (भिडियो सहित)

दीननाथ बराल,पोखरा १८, माघ, पोखरा –१६, बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले ३५ औं बार्षिकोत्सव फरक ढंगले मनाउने भएको छ । बिद्यालयको बार्षिकोत्सवको अवसरमा यही माघ २४ र २५ गते “प्रगती नाटक महोत्सव” सहितको फरक ढंगले बार्षिकोत्सव मनाउने तयारी गरिएको बिद्यालयले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=bRRVfmOfWoo बार्षिकोत्सव समारोह छोटो रुपमा औपचारिक उद्घाटन भएसंगै बिद्यार्थीहरुबाट ५ वटा नाटक प्रर्दशन गरेर यस बर्षको बार्षिकोत्सव फरक ढंगले मनाउने तयारी गरेको बिद्यालयका सूचना अधिकारी जयराम पौडेलले बताउनु भयो… पुरा पढौ

शुक्रराज माध्यमिक विद्यालयको ५६ औं बार्षिकोत्सव सम्पन्न, जीविको पार्जनमा सहज बनाउने बाटो तर्फ विद्यालय केन्द्रित हुन आवश्यक छः मन्त्री थापा

पोखरा १७, माघ, पोखरा–२२ (पुम्दी—भुम्दी) मा रहेको शुक्रराज माध्यमिक विद्यालयको ५६ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । बुधबार शहिद दिवसको अवसरमा आयोजित बार्षिकोत्सव समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक बिकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले जीविकोपार्जनमा सहज बनाउने बाटो तर्फ विद्यालय केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो । पोखराका कतिपय विद्यालयहरुमा व्यवहारिक शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै उहाँले अबको शिक्षा व्यवहारिक तथा सिपमुलक र विद्यार्थीलाई नैतिक शिक्षा प्रवाह गरी जीविकोपार्जनमा सहज बनाउने प्रकारको शिक्षा प्रणाली आवश्यक भएको… पुरा पढौ