पोखरा २१, माघ,
पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज श्रीपन्चमी (सरस्वती) पूजा सहित महाआरती गरिएको छ । श्रीपन्चमी पर्वको अवसरमा हरेक वर्ष बिद्यालयले सरस्वती माताको पूजा आरधाना गर्दै आए पनि यस वर्ष बिषेश पूजा सहित पोखराको तालबराही मन्दिरबाट महाआरती गरिएको बिद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनु भयो ।
यसमा बिद्यार्थीहरुले सरस्वतीलाई सामुहिक रुपमा पूजा आरधाना सहित बिद्याकी खानी सरस्वती माताको पूजा गर्न सहजहोस भनेर बिद्यालयमा विधि पूर्वक पूजा गरिएको उहाँले जनाउनु भयो । कार्यक्रममा बिद्यार्थीहरुले गीत, कविता तथा नृत्य समेत प्रस्तुत गर्नु भएको थियो भने बिद्यालयले बिद्यार्थी सहित अभिभावक एवं आगन्तुक पाहुनालाई प्रसाद समेत वितरण गरेको शिक्षक सुरेन्द्र सदिच्छाले बताउनु भयो ।

प्रायः गरी धार्मिक तिर्थस्थलहरुमा हुने गरेको महाआरती बिद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा यसको महत्व र गरिमा बुझाउन बिद्यालयमै उक्त कार्यक्रम गरिएको संस्थापक अध्यक्ष पालिखेले जनाउनु भयो । सानैबाट नेपाली कला सस्कृतिको बारेमा बिद्यार्थीहरुलाई राम्रोसंग बुझ्न र बुझाउन सहज हुने उद्धेश्यले बिद्यालयले अधिकांश चाडपर्वलाई महत्व दिदै आएको उहाँले दाबी गर्नुभयो ।

बिद्यार्थीहरुले लाइनबद्ध भई सरस्वतीको तष्विरमा फूल माला तथा प्रसाद चढाउदै पूजा गर्नु भएको थियो । उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, अन्य जनप्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । अक्षरआरम्भको दिनमा सोमबार १५ जना नयाँ बिद्यार्थीहरु बिद्यालयमा भर्ना भएको बिद्यालयले जनाएको छ ।
