
पोखरा २२, माघ,
पोखरा ९ दरवारमार्गमा रहेको सेफ किड्स प्रि स्कूलमा वालवालिकाहरूले शुक्ल पञ्चमीका दिन श्रीचन्मी पर्व अर्थात विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाएका छन्।

स्कुलका वालवालिकाहरुले देवी सरस्वती कोे मातालाई फूल माला तथा नैबेद अर्पण गरी सरस्वती वन्दना गर्नु भएको थियो ।
सेफ किड्स प्रि स्कूलले आफ्नो स्थापनाकाल देखिने प्रत्येक वर्ष श्रीपञ्चमी पर्व विशेष हर्ष उल्लासका साथ मनाउँदै आइरहेको बिद्यालयका संचालक नारायणी कोइरालाले बताउनु भयो । नेपाली कला सस्कृतिको बारेमा बालबालिकाहरुलाई बुझाउन मद्धत पुग्ने हेतुले उक्त कार्यक्रम गरिएको उहाँले जनाउनु भयो ।
सरस्वती माताको पूजा गरेसंगै बिद्यालयमा प्रसाद समेत वितरण गरिएको थियो । अक्षरआरम्भको दिनमा नयाँ बालबालिकाहरु भर्ना गर्न समेत आएको बिद्यालयले जनाएको छ ।




