
दीननाथ बराल,
पोखरा १८, माघ,
पोखरा –१६, बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले ३५ औं बार्षिकोत्सव फरक ढंगले मनाउने भएको छ । बिद्यालयको बार्षिकोत्सवको अवसरमा यही माघ २४ र २५ गते “प्रगती नाटक महोत्सव” सहितको फरक ढंगले बार्षिकोत्सव मनाउने तयारी गरिएको बिद्यालयले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
बार्षिकोत्सव समारोह छोटो रुपमा औपचारिक उद्घाटन भएसंगै बिद्यार्थीहरुबाट ५ वटा नाटक प्रर्दशन गरेर यस बर्षको बार्षिकोत्सव फरक ढंगले मनाउने तयारी गरेको बिद्यालयका सूचना अधिकारी जयराम पौडेलले बताउनु भयो । प्रस्तुत गरीने नाटकहरु पोखरा थिएटरको सहकार्यमा हुने भएको हो भने उक्त नाटकहरु बिद्यार्थी सहित अभिभावकहरुको लागि समेत निशुल्क रुपमा प्रर्दशनी गरिने भएको बिद्यालयले जनाएको छ ।
प्रर्दशन गरिने नाटकहरुमा अग्रज साहित्यकार सरुभक्तद्धारा लिखित ज्यानमाया गीती नाटक परिबर्तनले निर्देशन गर्नु भएको छ । त्यसै गरी सुरुभक्तले नै लेखन गर्नु भएको भ भ भ भुत नाम नाटक मिना भण्डारीले निर्देशन गर्नु भएको छ भने संस्कृतिकर्मी तिर्थ श्रेष्ठद्धारा लिखित आमा कबिता नाटक रमेश बाबु तिमिल्सिनाले निर्देशन गर्नु भएको छ । त्यसै गरी टंक चौलागाईले लेख्नु भएको रोल न. ४ नाटकमा धनकाजी श्रेष्ठले निर्देशन गर्नु भएको छ भने फोरम थिएटरले लेखिएको तुलना नाटकमा परिबर्तनले निर्देशन गर्नु भएको छ ।
साथै कार्यक्रममा प्रा.डा.रामचन्द्र पोखरेल र परिवर्तनले रङ्कर्र्मीसँग रङ्गमञ्च बहस, प्रतीक पौडेलबाट कुशल अभिभावकत्व कला र बिद्यार्थी जागरण, शिल सङकल्पबाट पुस्तक किन र कसरिी पढ्ने ?, साथमा कला प्रदर्शनी, फुड स्टल, पुस्तक र शैक्षिक प्रर्दशनी र बिहिष्ट पुरस्कार वितरण हुने भएको बिद्यालयले जनाएको छ ।
२०४७ मा वसन्तबहादुर बानियाद्वारा स्थापित उक्त बिद्यालयमा हाल १ हजार २ सय जना बिद्यार्थी अध्ययन गर्नु भएको छ । आज सिकौं, भोलि नेतृत्व गरौं भन्ने दूरदर्शी मूलमन्त्र सहित स्थापना गरिएको प्रगति विद्यालय विद्यार्थीहरूमा बौद्धिक जिज्ञासा, आलोचनात्मक सोच र आजीवन सिक्ने चाहनालाई प्रोत्साहित गर्ने समग्र शिक्षा प्रदान गर्ने लक्ष्य राखेको बिद्यालयका प्राचार्य महेन्द्र थापाले बताउनु भयो ।
आफ्ना विद्यार्थीहरूलाई विश्व मानव सम्पदाको रूपमा स्विकार्दै विद्यालयलाई एक गतिशील र समावेशी वातावरण जहाँ विद्यार्थीहरूलाई उनीहरूका रुचिहरू अन्वेषण गर्न, उनीहरूको प्रतिभा विकास गर्न, र उनीहरूको सम्पूर्ण क्षमता प्राप्त गर्न विद्यालय सदैव प्रयासरत रहेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ । बिद्यालयले मासिक रुपमा कक्षागत प्रस्तुती राख्दै आएको शिक्षिका मिना भण्डारीले जनाउनु भयो ।