
पोखरा १७, माघ,
पोखरा–२२ (पुम्दी—भुम्दी) मा रहेको शुक्रराज माध्यमिक विद्यालयको ५६ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । बुधबार शहिद दिवसको अवसरमा आयोजित बार्षिकोत्सव समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक बिकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले जीविकोपार्जनमा सहज बनाउने बाटो तर्फ विद्यालय केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो ।

पोखराका कतिपय विद्यालयहरुमा व्यवहारिक शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै उहाँले अबको शिक्षा व्यवहारिक तथा सिपमुलक र विद्यार्थीलाई नैतिक शिक्षा प्रवाह गरी जीविकोपार्जनमा सहज बनाउने प्रकारको शिक्षा प्रणाली आवश्यक भएको जनाउनु भयो । शिक्षालाई समृद्धिको आधारका रूपमा अघि बढाउन मन्त्री थापाको भनाई थियो ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद प्रकाश बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल, गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी प्रसाद बराल जीवन, शिक्षा अधिकृत राम प्रसाद तिवारी, नगर शिक्षा समिति सदस्य तारानाथ पौडेल, बिद्यालयका प्राचार्य नरनाथ बराल, स.प्र.अ.दिपकराज पौडेल, बिद्यालयका लेखापाल जिवन पौडेल लगायतले शिक्षाको बारेमा चर्चा गर्नु भएको थियो ।
चन्दादाता तथा अक्षयकोक्ष दाताहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुतः गरिएको थियो । उक्त अवसरमा शिक्षक सम्मानबाट प्राज्ञ नारायण मरासीनी, केशव ढकाल सम्मानित हुनु भएको छ । बिद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्मको पशुपालन (भेटेरेनरी) कक्षा समेत संचालन हुदै आएको छ । बिद्यालयमा करीव ५ लाख वरावरको अक्षयकोेष रकम संकलन भएको शिक्षक उत्तम बरालले बताउनु भयो ।