शिक्षा

पोखराको फिस्टेल एकेडेमीले प्राप्त गर्यो आई.बी.वर्ल्ड स्कुलका रुपमा मान्यता

पोखरा, पोखराको फिस्टेल एकेडेमीले अन्तर्राष्ट्रिय स्नातक (International baccalaureate) संगठनबाट आई.बी.वर्ल्ड स्कुलका रुपमा अनुमति प्राप्त गरेको छ । पोखरा–१७ विरौटामा रहेको एकेडेमीले नेपालको राजधानी काठमाडौं भन्दा बाहिर पहिलो आई.बी.वर्ल्ड स्कुलका रुपमा बिद्यालयले आधिकारिक रुपमा त्यसको मान्यता प्राप्त गरेको हो । आधिकारिक आई.बी.वल्र्ड स्कुलका रूपमा स्थापित गराउन पाउँदा गर्व महसुस भएको बिद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताउनु भयो । यस उपलब्धिले विद्यालय र समग्र पोखरालाई नै विश्वव्यापी शैक्षिक केन्द्रका रूपमा परिचित गराएको उहाँले जनाउनु भयो । समुदायसँग सहकार्य गरी, स्थानीय मूल्य मान्यताको… पुरा पढौ

शान्ति निकेतनमा नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थी पुरस्कृत

पोखरा, २३ चैत पोखरा ५ पस्र्याङ स्थित शान्ति निकेतन स्कुलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयले शनिबार एक समारोहकाबीच पूर्व आधारभूत तह (यूकेजी) का ६५ जना विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक पुरस्कार समेत वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गरे । भण्डारीले पोखरा महानगरका २७५ विद्यालयमध्ये यस विद्यालय नतिजाका… पुरा पढौ

पिसिएममा शिक्षण र सिकाइःचुनौती र रणनीति विषयक कार्यशाला

पोखरा, २३ चैत, पोखरा कलेज अफ म्यानेजमेन्टले ‘शिक्षण र सिकाइ ःचुनौती र रणनीति’ विषयमा एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ। पोखरा इभेन्ट सेन्टरमा आयोजित उक्त कार्यशालामा कूल ४० जनाशिक्षक तथा कर्मचारीहरूले सहभागिता जनाएका थिए । कार्यशालाको उद्घाटन गर्दै कलेजकी प्रिन्सिपल लीना नेगी श्रेष्ठले यस्तो कार्यक्रमले शिक्षकहरूलाई सशक्त बनाउने र विद्यार्थी केन्द्रित शिक्षण विधिबाट गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन् । कार्यशालामा प्रशिक्षक दीपेन्द्र पहारीले सहजीकरण गरे । उनले विविध सिकाइ शैली र विद्यार्थी संलग्नता, प्रविधि समायोजन र डिजिटल… पुरा पढौ

पोखरा स्पोट्र्स अवार्डलाई सफल बनाउने खेल संघहरुको प्रतिबद्धता

चैत्र १९, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेल संघ तथा क्लबसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न खेल संघका पदाधिकारीले अवार्ड सम्पन्न गराउन प्रतिबद्धता जनाउँदै छनोट गर्दा विशेष ध्यान दिन समेत सुुझाव दिए । सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले अवार्डका लागि आफुहरुको तर्फबाट आर्थिक नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्पोट्र्स अवार्ड विशुद्ध गण्डकी प्रदेशको… पुरा पढौ

वालवालिकाको सर्वाङ्गीण विकासको लागि दिक्षान्त कार्यक्रम महत्वपूर्णः भण्डारी

चैत १९, पोखरा, ग्लोवल वाल वाटिका मण्टेश्वरी प्रि स्कुलबाट ९० जना विद्यार्थीहरु दिक्षित भएका छन् । नवौं दिक्षान्त समारोहमा युकेजीको परीक्षा सकेर पास भएका विद्यार्थीहरुलाई दिक्षित कार्यक्रममा समावेश गरिएको थियो । युकेजी सन, मुन र स्टारका ३०–३० जनाको सहभागिता रहेको थियो । पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ विद्यालय निरीक्षक कृष्णप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । भण्डारीले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले पोखरामा करिब ४ सय ५३ भन्दा विद्यालयमा २ सय ३ सामुदायिक विद्यालय… पुरा पढौ

जनप्रतिनिधी र क्रियापुत्रीले पोखराको एकै केन्द्रबाट एसईई परिक्षामा सहभागि, गण्डकीका मुख्यमन्त्री पाण्डे र मन्त्री थापाद्धारा निरिक्षण

पोखरा, यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई देशभरका परीक्षा केन्द्रमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । चैत ७ गतेवाट शुरु भएको परीक्षामा देशभरवाट ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागीता जनाएका थिए । कास्कीमा पनि एसईई परीक्षा ११ हजार ६ सय ७६ जनाले सहभागिता जनाए । परीक्षाको अन्तिम दिन शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विभिन्न परीक्षा केन्द्रमा पुगी अवलोकन गरेका छन् । निरीक्षणका क्रममा विन्ध्यवासिनी मावि,बाटुलेचौरमा पुगेका मुख्यमन्त्री सहितको टोलीलाई… पुरा पढौ

प्रतिभा माविद्वारा १२ कक्षाका विद्यार्थीलाई बिदाई

पोखरा, १५ चैत, पोखराको पालिखेचोकस्थित प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई शुक्रबार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो । कक्षा ११ का विद्यार्थीको संयोजनमा भएको उक्त कार्यक्रमको विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए । उक्त अवसरमा अध्यक्ष पौडेलले अहिलेका लागि बिदाई गरिएपनि विद्यालयसँगको सम्बन्ध अटुट रहेको बताए । विदाई भई जाने विद्यार्थीलाई शुभकामना दिँदै अध्यक्ष पौडेलले अहिलेको मेहनतले भविश्यमा सफलता हात पर्ने बताए । ‘अबको केही… पुरा पढौ

प्रतिभा एजुकेशन फाउण्डेसनद्धारा अर्को शैक्षिक संस्था एभरग्रीन एकेडेमी संचालनमा ल्याउने तयारी

दीननाथ बराल,पोखरा १३, चैत, पोखराको शैक्षिक क्षेत्रमा महत्वपूर्ण स्थान बनाएको प्रतिभा एजुकेशन फाउण्डेसनले अर्को शैक्षिक संस्था एभरग्रीन एकेडेमी संचालनमा ल्याउने तयारी गरेको छ । बिद्यार्थीहरुको मनोभावना अनुसार उहाँहरुको रुचि र चाहना अनुसारको पढाई हुने गरी नयाँ शैक्षिक संस्था आगामी शैक्षिक सत्र २०८२ देखि संचालन गरिने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा–३ तेर्सापट्टी रहेको उक्त एकेडेमीमा आफ्नै सुविधा सम्पन्न भवनमा विश्वस्तरको शिक्षा प्रदान गर्ने गरि संचालन गर्ने अन्तिम तयारी गरिएको प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायण… पुरा पढौ

सहारा यु.के.का संस्थापक अध्यक्ष गुरुङद्वारा सहयोग हस्तान्तरण

सहारा क्लब यु.के.का संस्थापक अध्यक्ष नविन गुरुङले पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहयोग हस्तान्तरण गरेका छन् । विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागतका क्रममा विद्यालयको स्थापना, सहारा क्लब संगको सहकार्य हुदै १७ वर्ष अघि निवन गुरुङ सहित सिमोन फेरेजको स्मृतीहरूबारे स्मरण गरिन् । विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालिलाई उक्त क्रममा आफ्नो ९१ वर्षिय आमा कमला देवी गुरुङ र वहिनी सुजिता शाहीद्वारा प्रदान गरिएको नगद रकम रू.२१,०००/-(एक्काइस हजार रूपैया) गुरूङले हस्तान्तरण गरेका हुन्… पुरा पढौ

१९ दिनको अन्तरालमै पोखराको एक बिद्यालयमा दुई छात्रालाई करणी भएको आरोपमा २ छात्र पक्राउ, एक छात्र कास्की कारागारमा, छात्रा भने केही दिनमै सुत्केरी हुने

दीननाथ बराल,पोखरा २, चैत, दोश्रो पाठशालाको रुपमा बिद्यालयलाई लिने गरिन्छ तर बिद्यालयमा अनैतिक कृयाकलाप गर्यो भने एकाएक प्रहरीको फन्दामा पनि पर्न सक्छ भन्ने पोखरामा एउटा यस्तै घट्ना भएको छ । सायद सुरुमा भन्दा र सुन्दा तपाईहरु नै अचम्मित हुनु हुन्छ होला आधारभूत बिद्यालयमा अध्ययन गर्ने बालिका नै केही दिनमै अब सुत्केरी हुने अबस्थामा पुग्नु भएको छ । शारीरिक रुपमा असक्त (सुस्त श्रवण) भएका बिद्यार्थीहरु अध्ययन गर्ने निकै संवेदनशिल बिद्यालयमा १९ दिनकै अन्तरालमा आफ्नै बिद्यालयका दुई छुट्टा छुट्टै छात्रहरुबाट वालिका सहित… पुरा पढौ