१९ दिनको अन्तरालमै पोखराको एक बिद्यालयमा दुई छात्रालाई करणी भएको आरोपमा २ छात्र पक्राउ, एक छात्र कास्की कारागारमा, छात्रा भने केही दिनमै सुत्केरी हुने

-


     पोखरा क्लिक     
     चैत्र २ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २, चैत,

दोश्रो पाठशालाको रुपमा बिद्यालयलाई लिने गरिन्छ तर बिद्यालयमा अनैतिक कृयाकलाप गर्यो भने एकाएक प्रहरीको फन्दामा पनि पर्न सक्छ भन्ने पोखरामा एउटा यस्तै घट्ना भएको छ । सायद सुरुमा भन्दा र सुन्दा तपाईहरु नै अचम्मित हुनु हुन्छ होला आधारभूत बिद्यालयमा अध्ययन गर्ने बालिका नै केही दिनमै अब सुत्केरी हुने अबस्थामा पुग्नु भएको छ ।

शारीरिक रुपमा असक्त (सुस्त श्रवण) भएका बिद्यार्थीहरु अध्ययन गर्ने निकै संवेदनशिल बिद्यालयमा १९ दिनकै अन्तरालमा आफ्नै बिद्यालयका दुई छुट्टा छुट्टै छात्रहरुबाट वालिका सहित दुई जना छात्रा जबरजस्ती करणीको सिकार हुनु भएको पिडितका आफन्तले गुनासो गर्नु भएको हो । यो घटना हो पोखरा २६ मा रहेको सृजना बहिरा आवासीय माध्यामिक बिद्यालयको । उक्त घटना निकै दुःख लाग्दो घटना भएको पिडितका आफन्तले पोखराक्लिक समक्ष गुनासो गर्नु भएको छ । बिद्यालयमै अध्ययनरत दुई छुट्टा छुट्टै यी घटनामा संलग्न दुई छात्रहरु समेत अनुसन्धानमा तानिनु भएको छ भने एक जना पूर्वापक्षको लागि कास्की कारागारमा रहनु भएको छ । एक छात्र (वालक) लाई भने अभिभावकलाई बुझाईएको छ ।

उक्त घटनाहरु मध्य एउटा घटना कार्तिक ४ गते कास्की प्रहरीले बिद्यालयबाट करणी गरेको आरोपमा छात्रलाई पक्राउ गरेको हो भने अर्को कार्तिक २३ गते करणी गरेकै आरोपमा छात्रलाई पक्राउ गरिएको कस्की प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलीयाले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार कार्तिक ४ गते पक्राउ परेका छात्रलाई जिल्ला अदालत कास्कीले पूर्वापक्षको लागि कास्की कारागारमा जेल चलान गरेको छ । बिद्यालयमा अध्ययनरत एक छात्रालाई करणी गरेको आरोपमा कपिलबस्तु घर भई हाल सृजना बहिरा मावि कक्षा ११ मा अध्ययनरत २० बर्षका विजय बि.क. कास्की कारागारमा रहेको उहाँले जनाउनु भयो ।

कार्तिक २३ गते पक्राउ पर्नु भएको अर्को छात्र (बालक) लाई जिल्ला अदालत कास्कीले आरोपित वालक भएका कारण तथा विवादमा परेको भन्दै माघ १८ गते उहाँको अभिभावकलाई बुझाएको कास्की प्रहरीले जनाएको छ । पिडित परिवारले भने दोषी उपर कार्वाहीको माग गर्नु भएको छ । आफ्नी छोरीले दोषीलाई कार्वाहीको माग गर्दै आएको पिडितका आफन्तहरुले बताउनु भएको छ । उक्त घटनालाई लुकाउन बिद्यालय प्रशासन र अन्य पक्षबाट आफुहरुलाई पटक पटक फोन समेत आएको पिडितको भनाई छ ।

केही दिनमै गर्भवती बालिका सुत्केरी हुने अबस्थामा

सृजना बहिरा माविमा अध्ययनरत एक बालिका अबको केही दिनमै सुत्केरी हुने अबस्थामा पुग्नु भएको छ । बिद्यालयमा अध्ययनरत एक बालकबाट जबरजस्ती करणी भएका कारण छात्रा हाल गर्भवती अबस्थामा पुगेको पिडितका आफन्तले हामी समक्ष गुनासो गर्नु भएको छ । बिद्यालयमा अध्ययन गर्न भनि पठाएकी छोरी (बालिका) एकाएक गर्भवती अबस्थामा पुगेर कुनै गैर सरकारी संस्थामा पुग्नुले आफुहरु निकै दुखित भएको पिडितका आफन्तले गुनासो गर्नु भएको छ । आफ्नो छोरी गर्भवती भएको घटनाले बिद्यालय प्रशासनले त्यसको सम्पूर्ण जिम्मा लिनुपर्ने पिडित परिवारले माग गर्नु भएको छ । आधारभूत तहमा अध्ययनरत छात्रले जबरजस्ती कारणी गरेको हुदा आफ्नी छोरी गर्भवती हुनु बिद्यालय प्रशासन समेत दोेषी भएको पिडितका आफन्तको आरोप छ ।

बिद्यालयमा घटेका यी दुई घटनाको बिषयमा बिद्यालयका प्रध्यानाध्यापक सुनिल भण्डारीले बिद्यालय बाहिर घटेको घटनाको बिद्यालयले त्यसको कुनै जिम्मा लिन नसक्ने प्रतिकृया दिनुभयो । उहाँले भन्नुभयो “यो बिद्यालय निकै संवेदनशिल बिद्यालय हो, यस घटनाको बारेमा सकेसम्म बाहिर नल्याउनु, दशैं तथा तिहार पर्वको अवसरमा घर विदामा जादा बिद्यार्थीहरु बिच पोखरामा भेटघाट भई अनैतिक कृयाकलाप भएको हो, यो घटना बिद्यालयमा भएको होइन, यसको जिम्मा बिद्यालयले लिन सक्दैन ।” आफुहरुलाई उक्त घटना पश्चात सामाजिक रुपमा निकै दबाब आएको समेत प्र.अ. भण्डारीले गुनासो गर्नु भएको छ । आफ्नो बिद्यालयमा ४६ जिल्लाका बिद्यार्थीहरु अध्ययन गर्ने सुस्त श्रवण(बहिरा) बिद्यार्थीहरु भएकोले उहाँहरुको सबै भाषा कुरा बुझ्न पनि कठिन हुने बिद्यालय परिवारले जनाएको छ ।

कपिलबस्तुका बिजय बि.क.का आफन्त प्रविन बि.सि.ले बिजयलाई झुटा मुद्धा लगाएर पक्राउ गरिएको गुनासो गर्नु भएको छ । आफ्नो छोरा बिदाको समयमा कपिलबस्तु गएको कारण दशैं तथा तिहारमा बिचमा पोखरा नआएको दाबी गर्दैै बिद्यालय प्रशासनले आफुहरुलाई फसाउन खोजेको आरोप लगाउनु भयो । उक्त घटना हाल अनुसन्धान कै क्रममा रहेकोले तथ्य र प्रमाणित भएको खण्डमा भने कार्वाही भोग्न तयार भएको बि.सि.ले बताउनु भयो । उक्त घटनाको बिषयमा बिद्यालय परिवारले आफुहरुलाई समयमै जानकारी नगराई एकै पटक प्रहरीबाट घटनाको बारेमा जानकारी प्राप्त भएको बि.सि.ले हामी समक्ष गुनासो गर्नुभयो । बिद्यालयमा हाल अध्ययनरत करिब २ सय जना बिद्यार्थीहरु रहनु भएको छ । यस बर्षको एसईईमा बिद्यालयबाट २० जना बिद्यार्थीहरु सहभागि हुने बिद्यालयले जनाएको छ ।