
पोखरा,
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई देशभरका परीक्षा केन्द्रमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । चैत ७ गतेवाट शुरु भएको परीक्षामा देशभरवाट ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागीता जनाएका थिए । कास्कीमा पनि एसईई परीक्षा ११ हजार ६ सय ७६ जनाले सहभागिता जनाए ।

परीक्षाको अन्तिम दिन शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विभिन्न परीक्षा केन्द्रमा पुगी अवलोकन गरेका छन् । निरीक्षणका क्रममा विन्ध्यवासिनी मावि,बाटुलेचौरमा पुगेका मुख्यमन्त्री सहितको टोलीलाई विद्यालयले स्वागत समेत गरेको छ ।
टोलीलाई केन्द्रका केन्द्राध्यक्ष एवं प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सवैको सहयोगमा परीक्षा शान्तिपुर्ण रुपमा संचालन भएको र विद्यार्थीले उत्साहपुर्वक रुपमा परीक्षा दिएको जानकारी गराउनुभयो । निरीक्षण पछि मुख्यमन्त्री पाण्डे र मन्त्री थापाले देशकै नमुना विद्यालयको केन्द्र र परीक्षा व्यवस्थित रहेको र विद्यार्थीले शान्त वातावरणमा परीक्षा दिन पाएकोमा खुशी व्यक्त गरे ।सो केन्द्रवाट विभिन्न ७ वटा विद्यालयका ३ सय १६ जना विद्यार्थीले परीक्षा दिएका हुन् ।सो परीक्षा केन्द्रबाट जनप्रतिनिधीले समेत परीक्षामा सहभागिता जनाएकी थिईन् । पोखरा १९ का वडा सदस्य कल्पना सुनारले सो केन्द्रवाट परीक्षा दिएकी हुन् । महेन्द्र मावि घार्मीवाट छोरा सहित उनी परीक्षामा सहभागी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुष्ठ पौडेलले जानकारी दिए । सोही केन्द्रवाट एक जना क्रियापुत्रीले समेत परीक्षा दिए । गण्डकी वोर्डिङ स्कुलवाट सहभागी सचिन तिमिल्सीनाले आफ्ना वावुको वरखी वारेर बसेकै वेला परीक्षामा सहभागी भएका हुन् ।
यसैविच विन्ध्यवासिनी माविले परीक्षामा सहभागी विद्यार्थीलाई विदाई गरेको छ । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा परीक्षामा सहभागी १ सय १३ जना विद्यार्थीलाई प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, सहायक प्रधानाध्यापक राम वहादुर वानियाँ, भेषराज पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाले मायाको चिनो सहित विदाई गरे । प्रधानाध्यापक आचार्यले परीक्षा पछिको समय प्राविधिक तथा जीवनोपयोगी सिकाईमा लगाउन विद्यार्थीलाई सुझाव दिए ।