अर्थतन्त्र

कास्कीका सरकारी कार्यालयहरुमा सरसफाई गरिदै, केही कार्यालयबाट आंंशिक सेवा सुरु

दीननाथ बराल, पोखरा २९, भदौं, कास्कीका सरकारी कार्यालयहरुमा सरसफाई गरिदै छ भने केही कार्यालयबाट आंंशिक सेवा सुरु गरिएको छ । जेनजी आन्दोलनले आगजनीबाट प्रायः ध्वस्त भएका अधिकांश सरकारी कार्यालयहरुमा आज(आइतबार) सरसफाई गर्न सुरु भएको छ भने केही कार्यालयबाट आंशिक सेवा सुरु भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा सरसफाइ गरी हाल आंशिक सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले पोखराक्किलाई बताउनु भयो । उहाँका अनुसार आजदेखि मुद्दा दर्ता, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अत्यावश्यक सेवा सञ्चालनमा ल्याइएको… पुरा पढौ

लामाचौरमा जेन–जी आन्दोलनमा क्षतिग्रस्त प्रहरी सीआरभी भवन पुनः सञ्चालन

पोखरा, जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको लामाचौरस्थित प्रहरी सीआरभी भवन पुनः सञ्चालनमा ल्याइएको छ । नव आदर्श सामुदायिक विकास समाजको पहलमा र स्थानीय समुदायको सक्रिय सहयोगमा उक्त भवनको सरसफाइ, मर्मत–संहार तथा रंगरोगन सम्पन्न गरी भवनलाई पुनः प्रयोगमा ल्याइएको हो । नव आदर्श सामुदायिक विकास समाजले लामाचौर, बाटुलेचौर, पोखरा–१६ र १९ क्षेत्रका स्थानीय संघसंस्था, एलसी ब्रदर्स क्लब, व्यापारी, आमा समूह, बैंक तथा सहकारी संस्था, विद्यालयहरू, स्थानीय बासिन्दा लगायत सबैको भौतिक, नैतिक, जिन्सी, जनश्रम र आर्थिक सहयोगप्रति आभार प्रकट गरेको छ ।… पुरा पढौ

जेन–जी आन्दोलनका मृतकलाई शहीद घोषणा, प्रत्येक परिवारलाई १० लाख राहत

काठमाडौं, युवा पुस्ता जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सबैलाई सरकारले शहीद घोषणा गरेको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आजै पदभार ग्रहण गरे लगत्तै मन्त्रीपरिषद् बैठक बसी सो निर्णयमा हस्ताक्षर गर्नूभयो । आन्दोलनमा ज्यान गुमाउनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी तथा ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जना रहेकोसरकारका मुख्य सचिव एकनारायण अर्यालले जनाउनु भयो । साथै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको उहाँले जनाउनु भयो । प्रधानमन्त्री कार्कीले प्रत्येक मृतकका परिवारलाई १०–१० लाख रुपैयाँका दरले… पुरा पढौ

सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग, नेतृत्वप्रति तीव्र असन्तुष्टि

काठमाडौं, २९ भदौ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निवर्तमान सांसद तथा पूर्वसह–महामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक पोस्ट गर्दै उनले अब आफू रास्वपासँग सम्बन्ध विहीन भएको घोषणा गरेकी हुन्। उनले भनिन“अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु, मन लाग्दीजति गर्नुहोस्, मैले पार्टी छोडेँ।” उनको असन्तुष्टि पार्टी सभापति रवि लामिछानेतर्फ शंकेत गरिन । रास्वपाले देशभन्दा माथि पार्टी, पार्टीभन्दा माथि व्यक्तिलाई राख्न थालेपछि निरन्तर आलोचना गरे पनि त्यसलाई बेवास्ता गर्दै आफूलाई उल्टै ‘मिडिया… पुरा पढौ

जेन–जी आन्दोलनः पोखरामा जलेर ३ जनाको मृत्यु

पोखरा, २८ भदौ, जेन–जी आन्दोलन हिंसात्मक बन्दै जाँदा पोखरामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । आन्दोलनकै क्रममा कास्की जिल्ला प्रहरी कार्यालयमा गरिएको आगजनीमा गम्भीर रूपमा घाइते भएका तनहुँ भानु–१० का ४३ वर्षीय विजय लामाको शुक्रबार बिहान १२ः०० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–१६ बस्दै आएका लामा करिब ७० प्रतिशत शरीर जलेका उनलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । अस्पताल प्रशासनले उनको मृत्युको पुष्टि गरेको छ । यसअघि सोही… पुरा पढौ

दोस्रो पर्वतीय दौड असोज ११ गते, सिमित सिटका लागि पुनः अनलाईन फारम खुल्ला

पोखरा, २८ भदौ, दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मिति भन्दा एक साता पछि सरेको छ । अब सो प्रतियोगिता विश्व पर्यटन दिवसकै दिन असोज ११ गते शनिबार हुनेछ । जेन–जीको आन्दोलनसँगै मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिका कारण आयोजकले उक्त निर्णय गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले बताए । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा असोज ४ गते प्रतियोगिताको तयारी गरिएको थियो । मिति सार्नुपरेकोमा यसबाट पर्न गएको असुविधाप्रति आयोजकले सम्पूर्ण खेलाडी, खेलकुदकर्मी, उद्योगी… पुरा पढौ

पोखराका बिद्यालयहरु असोज १ गते देखि संचालन हुने

पोखरा २८, भदौं, जेनजी आन्दोलनको क्रममा देशको असहज परिस्थितीका कारण बन्द रहेका पोखराका बिद्यालयहरु आउँदो असोज १ गते देखि पुनः सुचारु हुने भएका छन् । पोखरा महानगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकले महानगरका सम्पूर्ण बिद्यालयहरु असोज १ गते देखि नियमित संचालन गर्ने भनि निर्णय भएकोले सोही अुनसार गर्नु गराउनु हुन सम्बन्धि सबैमा जानकारी गराइएको शिक्षा महाशाखा निर्देशक हेम प्रसाद आचार्यले पोखरा क्लिकलाई बताउनु भयो । केही समय देखि असामान्य परिस्थितिको कारण बिद्यालयहरु भदौं २४ गते देखि बन्द भएका थिए । पुरा पढौ

३ वर्षको नेतृत्वमा अनैतिक काम गरिन, पाएको सुविधा पनि समाजिक क्षेत्रमा काम गर्नु के गल्ती हो मेयर आचार्यको प्रश्न ?

पोखरा, पोखराका मेयर धनराज आचार्यले जेनजी पुस्ताको आन्दोलनको क्रममा महानगरका महत्वपूर्ण कागजात सहितको कार्यालयतमा आगजनी र तोडफोड हुनु निन्दनीय घटना भएको बताउनु भयो । तीन वर्षसम्म महानगरको नेतृत्व सम्हाल्दा आफूले कुनै पनि अनैतिक कार्य नगरेको भन्दै उहाँले केही स्वार्थी समूहहरूले आफ्ना गलत कामहरू नगरिदिएको कारण र निहित स्वार्थका आधारमा आफू र आफ्नो परिवारलाई निरन्तर बदनाम गर्ने, अफवाह फैलाउने तथा मानसिक यातना दिने गतिविधि भइरहेको उल्लेख गर्नुभयो । आन्दोलनकारीले पोखरा महानगरपालिका कार्यालय, कार्यालयमा रहेका सवारीमा आगजनी गरे भने उहाँको नीजि निवासमा… पुरा पढौ

कास्कीमा कर्फ्यु र निषेधाज्ञा हट्दा जनजीवन सामान्यतर्फ, बजारमा चहलपहल सुरु

दीननाथ बराल,पोखरा, २८ भदौ, कास्कीमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटेसँगै जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ। पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा कर्फ्यु आदेश शुक्रबार बिहान ९ः०० बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै भदौ २५ गतेदेखि कास्कीमा निषेधाज्ञा र कफ्र्यू जारी गरिएको थियो। यस अवधिमा नेपाली सेनाले पोखराका ३३ वटै वडामा निगरानी बढाएको थियो। आन्दोलनकै क्रममा पोखराका धेरै सरकारी कार्यालय, केही निजी होटल, व्यक्तिगत घर लगायतका नीजि क्षेत्रको व्यवसायमा समेत तोडफोड… पुरा पढौ

पोखराको व्यवसायमा फैलिँदै गरेका थापा परिवारमा जेनजी आन्दोलनले पुर्‍यायो ठुलो आघात, एक निजी व्यक्तिको सम्पत्तिमा आगजनी हुँदा सयौँ जनाको चुलो कसले बाल्छ ?

पोखरा, पोखरामा व्यवसायी समुदायभित्र अहिलेसम्मकै सबै भन्दा ठूलो मानवीय तथा भौतिक क्षतिको घटनामध्ये एक घटना भदौ २३ र २४ गतेका दिन पोखरामा घट्यो। गण्डकी प्रदेशका मन्त्री तथा सफल व्यवसायी बिन्दुकुमार थापाको दशकौँको पसिना र संघर्षबाट बनेको सम्पूर्ण व्यवसायिक साम्राज्य नियोजित रुपमा गरिएको आगजनी र लुटपाटका कारण क्षणभरमै खरानीमा परिणत भयो। यो घटनाले न केवल थापा परिवार, तर उनीमाथि भर परेका सयौँ परिवारहरूको रोजगारी, भविष्य र मनोबललाई समेत गम्भीर चोट पुर्‍याएको छ। दशकौँको संघर्ष एक क्षणमै खरानी बिन्दुकुमार थापा सामान्य पारिवारिक… पुरा पढौ