अर्थतन्त्र

प्रेस सेन्टर नेपाल गण्डकीको विकास पत्रकारिता तालिम पोखरामा सम्पन्न, डिजिटल पत्रकारिता आजको आवश्यकता भएको वक्ताको जोड

पोखरा २७, वैशाख, प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको आयोजना, प्रेस सेन्टर कास्कीको समन्वयमा पोखरामा दुई दिने ‘विकास पत्रकारिता तालिम’ सम्पन्न भएको छ । शनिबार पोखरामा सम्पन्न भएको उक्त तालिममा वोल्ने वक्ताहरुले डिजिटल पत्रकारिता आजको आवश्यकता भएकोमा जोड दिनुभयो । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरिले नेपाली पत्रकारिताको अबस्थाको बारेमा जानकारी गराउदै अबको पत्रकारिता समय सापेक्ष डिजिटलाइजेसन हुनु पर्नेमा जोड दिनुभयो । परम्परागत पत्रकारीता अब टिक्न नसक्ने उहाँको भनाई थियो ।केन्द्रीय अध्यक्ष गिरिले परम्परागत मिडिया रेडियो, टिभी र पत्रपत्रिका… पुरा पढौ

गण्डकी कोटिहोम उल्लासमय, कलाकारदेखि आयोग आयुक्तसम्मको सहभागिता

कास्की, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति सहित उल्लासमय बनेको छ। कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लगायत पोखरेली चेली चर्चित गायिका समीक्षा अधिकारीको सँगै लोकदोहोरी गायिका पार्वती जिसीको उपस्थिति सहित आज कोटिहोम सङ्गीतमय बन्यो । शुक्रबार प्रमुख अतिथीको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा। सुमित्रा अमात्य भएको कोटिहोममा टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी सहित १५ जना विशिष्ट… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डः वर्ष खेलाडी बने अरुणा र विश्वास

वैशाख २६, पोखरा, नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिला तर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । उनीहरु दुवैलाई छनोट समितिको सिफारिसमा वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान गरियो । वर्ष खेलाडी महिला विधामा आइटिएफ… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई होटल टास्क इनटरनेशनलको सहयोग

वैशाख २५, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन पोखराको अमरसिंहचोक नजिकै रहेको होटल टास्क इन्टरनेशनलले सहयोग गर्ने भएको छ । भोली वैशाख २६ गते शुक्रबार पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न होटल टास्कले मञ्चको होटल पार्टनरको रुपमा सहयोग गर्ने जनाएको छ । होटल टास्कका सञ्चालक मिन गुरुङ र मञ्चका अध्यक्ष एमबि आस्था मगर, महासचिव परशुराम शर्मा, कोषाध्यक्ष विमल तिवारी, सदस्यद्वय प्रविन मगर र गिता रानालगाएतको टिमबिच समझदारी पत्र आदानप्रदान… पुरा पढौ

वर्ष उत्कृष्ट प्रशिक्षकमा राजेन्द्र, रमेश र नीरजको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड !

वैशाख २५, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । यसमध्ये उत्कृष्ट प्रशिक्षक तर्फको विधामा फुटबलका राजेन्द्र तामाङ, भलिबलका रमेश केसी र टेनिसका नीरज थापा उत्कृष्ट तीनमा परेका छन् । राजेन्द्र तामाङ, फुटबलकास्कीका राजेन्द्र तामाङ… पुरा पढौ

पश्चिमाञ्चल माविको सौन्दर्यकता तालिम सकियो

पोखरा, वैशाख २५, म्याग्दीको बेनीमा संचालित एकहप्ते सेल्फ मेकअप (स्किन केयर) तालिम सकिएको छ । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले सौन्दर्यकलाको सीप दिलाउन म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क तालिम संचालन गरेको थियो । तालिममा म्याग्दीका विभिन्न विद्यालयबाट एसइई दिएर बसेका ३० जना छात्राहरुले भाग लिएका थिए । तालिमको समापनामा विद्यालयका प्राचार्य सरोज कोइरालाले छात्राहरुमा उद्यमशिलता विकास गराउनका लागि यस्तो प्रशिक्षण दिएको बताए । ‘सीप सिकेपछि जो कोही पनि स्वरोजगार बन्न सक्छ । यो तालिमले जो कोहीलाई स्वरोजगार बनाउँछ,’ तालिम समापनमा उनले भने,… पुरा पढौ

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउँदै

पोखरा, २५ वैशाख, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै गएको छ ।महायज्ञमा जसले जे सक्छ त्यही दान गर्ने व्यवस्था गरिएको छ । जसले गर्दा भक्तजन कोटिहोममा केही न केही दान गरेर पुण्य लाभ लिन आउनको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सहयोग गर्नेले आर्थिक, आर्थिक नसक्नेले महायज्ञ परिसरमा चाहिने दैनिक सामाग्री पनि सहयोग गर्ने सक्ने व्यवस्था कोटिहोममा मिलाईएको छ । बिहीबार पनि कोटिहोममा दान गर्ने भक्तजनको सङ्ख्या उल्लेख्य रहेको थियो । कोटिहोममा देशभरका… पुरा पढौ

पोखरामा आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम

पोखरा, २५ वैशाख वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र साइकडेष्क फाउन्डेशनको आयोजना एवम् पोखरा महानरपालिकाको संयोजनमा पोखरामा दुुई दिने आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम दिइएको छ । तालिममा विभिन्न सरोकारवाला क्षेत्र र निकायका ३५ जना प्रशिक्षार्थी सहभागी रहनुुभएको थियो । तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्रा.राजेशकुमार ठगुराठीले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गर्नुुभयो । पोखरा महानगरपालिकाका प्रवक्ता मोतिराज तिमल्सिनाले आत्महत्या समाजमा गम्भीर समस्याका रुपमा देखा परेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि सम्बद्ध सबैको सामुहिक… पुरा पढौ

पोखराको सृजना बहिरा माविको आधारभूत तहमा अध्ययनरत बालिकाले छोरो जन्माईन्, आमा छोराको बिचल्ली

दीननाथ बराल,पोखरा २५, वैशाख, पोखरा २६ मा रहेको सृजना बहिरा माविमा अध्ययनरत एक बालिकाले बच्चा जन्माएसंगै उनको र बच्चाको बिचल्ली भएको छ । आधारभूत तहमा अध्ययनरत १४ बर्षीया बालिकाले केही समय अघि छोराको जन्म दिएसंगै उनको राम्रो रेखदेख हुन नसक्दा हाल आफ्नो परिवार बिचल्लीमा परेको उनको परिवारले पोखरा क्लिक समक्ष गुनासो गरेका छन् । छोराकी आमा बनेकी छात्रा बालिकाको परिवारले आफुहरु विपन्न परिवारको भएको हुँदा उनको उचित शिक्षा, दिक्षा तथा पालन पोषण गर्न कठिन भएको गुनासो गरे । बिद्यालयको होष्टेलमा… पुरा पढौ

कास्कीको मादीमा बस संचालन भएसंगै शहरका बिद्यार्थी गाउँ फर्किदै

दीननाथ बराल, पोखरा २४, वैशाख, कास्कीको मादी गाउँपालिकाका सामुदायिक बिद्यालयमा बस संचालन भएसंगै शहरका बिद्यार्थी गाउँ फर्किन थालेका छन् । मादी गाउँपालिका ४ मा रहेको धुर्व मावि र मादी गाउँपालिका ७ मा रहेको धनुवास कालिका माविले स्कुल बस संचालन गरेसंगै शहर पुगेका बिद्यार्थी गाउँ फर्किन थालेको मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले बताउनु भयो । गाउँका बिद्यार्थी शहर झन थाले पछि सामुदायिक बिद्यालयमा बिद्यार्थी सङख्या बढाउने उद्धेश्यले गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा बस सेवामा लगानी गरेको उहाँले जनाउनु भयो । मादी गाउँपालिकासंगै… पुरा पढौ