अर्थतन्त्र

लिचीबगैंचा जग्गा विवादमा शाह परिवारको दाबी, अदालतको फैसला कार्यान्वयन गर्न माग

दीननाथ बराल,पोखरा, ३२ असार, पोखराको बहु चर्चीत लिचीबगैंचा क्षेत्रको करिब १ सय ३५ रोपनी जग्गा शाह परिवारले आफ्नो स्वामित्व रहेको दाबी गरेका छन् । पोखरा–१६ स्थित बाटुलेचौरको शाह परिवारको तर्फबाट बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत दुर्गादेवी शाह वादी रहेको जग्गा प्रकरणमा अदालतको फैसला कार्यान्वयनको माग समेत गरिएको छ । शाह परिवारका प्रतिनिधिहरू सुरज शाह र भिमसेन शाहका अनुसार गण्डकी अञ्चल अदालतको २०३९ सालको फैसला र पश्चिमाञ्चल क्षेत्रीय अदालतको पुनरावलोकन निर्णयको आधारमा उक्त जग्गा शाह परिवारको पक्षमा परेको छ।… पुरा पढौ

सराङकोट धाममा श्रावण विशेष कार्यक्रम हुने

पोखरा, सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा पोखरा महानगरपालिका वडा नं। १८ सराङकोटस्थित सराङकोट धाममा श्रावण महिना विशेष कार्यक्रम हुने भएको छ । आशुतोष भगवान सदाशिवको अत्यन्त प्रिय महिना श्रावण भएकाले श्रावण महिनामा परेको चार वटै सोमबार विशेष कार्यक्रम गरिने धामका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । श्रावणको ५, १२, १९ र २६ गते सोमबार परेको छ । प्रत्येक सोमबार शिवपुजन, रुद्राभिषेक, भजन कीर्तन, महाआरतीसहित विभिन्न कार्यक्रम हुनेछ । साथै पञ्चमुखी गणेश, कैलाशेश्वर महादेव, भूमिकालिका र भैरवको दर्शनसमेत… पुरा पढौ

चिनिया पर्यटकलाई लक्षित गरी पोखरामा आधारभुत चिनिया भाषा तालिम

पोखरा, ३२ असार, पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पोखरामा ४५ दिने चिनिया भाषा तालिम सम्पन्न गरिएको छ ।पोखरामा चिनिया पर्यटकहरूको आमगनलाई लक्षित गरी उनिहरूको आतिथ्यतामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुुभयो । पोखरामा आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचाली र पर्यटन व्यवसायलाई थप टेवा पु¥याउनका लागि तालिम उपयोगी बनेको विश्वास लिइएको उहाँले… पुरा पढौ

फेवातालको सीमा निर्धारण सम्पन्न, डेढ महिनामा गाडिए १ हजार ५५ पिल्लर

दीननाथ बराल,पोखरा, ३२ असार, सर्वोच्च अदालतको आदेश अनुसार पोखराको फेवातालको सीमाङ्कनपश्चात् तालको सिमानामा सीमा स्तम्भ गाड्ने कार्य सम्पन्न भएको छ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकारको संयुक्त पहलमा १ हजार ५५ वटा सीमा स्तम्भ गाडिएको महानगरले पोखराक्लिकलाई जनाएको छ । करिब ४५ दिनको अवधिमा सम्पन्न भएको सीमाङ्कन कार्यलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यले “ऐतिहासिक उपलब्धि” को रूपमा उल्लेख गर्दै यसमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबै निकायलाई आभार व्यक्त गर्नुभयो। उहाँले अब दोस्रो चरणको फेवाताल संरक्षण अभियान सुरु… पुरा पढौ

गण्डकी प्रदेश खेलकुद परिषदमा सदस्य मनोनयन, अधिकांश कास्कीका

पोखरा,३२, असार, तीन महिनादेखि रिक्त रहेको गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य पदमा प्रदेश सरकारले नयाँ मनोनयन गरेको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा परिषदमा नयाँ सदस्य हालै नियुक्त गरिएको हो। नयाँ सदस्यहरूले सोमबार पोखरामा आयोजित कार्यक्रममार्फत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री एवं परिषद अध्यक्ष विन्दुकुमार थापाको उपस्थितिमा परिषदका सदस्य सचिव श्रीधर शर्माले शपथ गराएका हुन्। प्रदेश खेलकुद विकास ऐन २०७७ र नियमावली २०७८ अनुसार रिक्त पदमा नियुक्ति गरिएको सदस्यसचिव शर्माले… पुरा पढौ

यातायात कार्यालयका कर्मचारी घुस सहित पक्राउ

पोखरा, ३१ असार, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र शाखा कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेललाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । पौडेलले सेवाग्राहीको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को अनलाइन फारम भरीदिने, लिखित परीक्षा पास गराइदिने र ट्रायल परीक्षामा पनि सफल गरिदिने आश्वासन दिँदै नगद ७ हजार रुपैयाँ मागेको उजुरीका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कार्यालय पोखराका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनु भयो । पक्राउ परेका पौडेल माथि अहिले आवश्यक अनुसन्धान कार्य… पुरा पढौ

श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने कथा प्रवचन शुरु

पोखरा । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीचक चर्चा एवं श्रीकृष्ण कथा प्रजचन शुरु भएको छ । आगामी साउन ३१ सम्म सञ्चालन हुने श्रमदवीचक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा वोल्दै मन्त्री थापाले धार्मिक तथा आध्यात्मिक कार्यक्रमले समाजलाई स्वच्छ बनाउन महत्वपूर्ण योगदान दिने बताए । समाजलाई अनुशासित बनाई सभ्य समाज निर्माण गर्न धार्मिक अनुष्ठाले महत्व राख्ने बताउदै पोखराको… पुरा पढौ

पोखराको पुरानो टुडिखेलमा तेस्रो ऐतिहासिक तिज महोत्सव हुने , संयोजकमा भानुभक्त अधिकारी चयन

पोखरा, ३१, असार पोखरा–१ मा रहेको इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा तेस्रो ऐतिहासिक तिज महोत्सव हुने भएको छ। आउदो भदौ ६ गतेदेखि १५ गतेसम्म पोखराको पुरानो टुडिखेलमा महोत्सव सञ्चालन हुने भएको केन्द्रले जनाएको छ । आज पोखरामा सम्पन्न बैठकले महोत्सवको तयारी र समन्वयका लागि भानुभक्त अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। समितिले महोत्सवको सफल आयोजना तथा व्यवस्थापनका लागि आवश्यक कार्य अगाडि बढाउने भएको छ । संयोजक अधिकारीले महोत्सवलाई भव्य र सफल बनाउन सबै स्थानीय निकाय, सामाजिक संस्था, वडा… पुरा पढौ

सेतीनदी माथि पटनेरी र सितापाईलाई जोड्ने पुल उद्घाटन

पोखरा,३१ असार पोखराको दक्षिणी भेगस्थित पोखरा १७ को सितापाईला र १५ को पटनेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार कार्यालय र स्थानीय जनसहभागिता सहित २२ लाख १४ हजार ६४५ रुपैयाको लागतमा सो पुल निर्माण सम्पन्न गरिएको हो । अठ्ठार मिटर लम्वाई र एक दशमल पाँच मिटर चौडाईको सो ट्रष्ट ब्रिज निर्माणसंगै पटनेरीका करिव तीन सय घर परिवारलाई आवतजावतमा सुविधा पुगेको छ । पुल निर्माणले जानकी माविमा अध्ययनरत विद्यार्थीलाई समेत प्रत्येक्ष सुविधा… पुरा पढौ

अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई राजदूतद्वारा बिदाई

युएईलाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर तथा युएई तेक्वान्दो फेडेरेसनका पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारीलाई युएईको आबुधावीस्थित नेपाली राजदूतावासमा राजदूत तेजबहादुर क्षेत्री लगायत दूतावास परिवारले बिदाई गरेका छन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा हुन गईरहेको २०२५ वल्र्ड तेक्वान्दो हानमादाङ प्रतियोगितामा अफिसियल रेफ्रीको भूमिका निर्वाह गर्न अधिकारी सोमबार त्यस तर्फ प्रस्थान गरेका छन् । यही जुलाई १७ बिहीबारदेखि जुलाई १९ शनिबारसम्म हुने वल्र्ड तेक्वान्दो हानमादाङ प्रतियोगितामा अफिसियल रेफ्रीको भुमिका निर्वाह गर्न युएईबाट त्यस तर्फ… पुरा पढौ