यातायात कार्यालयका कर्मचारी घुस सहित पक्राउ

-


     पोखरा क्लिक     
     असार ३१ गते २०८२ मा प्रकाशित


पोखरा, ३१ असार,

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र शाखा कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेललाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

पौडेलले सेवाग्राहीको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को अनलाइन फारम भरीदिने, लिखित परीक्षा पास गराइदिने र ट्रायल परीक्षामा पनि सफल गरिदिने आश्वासन दिँदै नगद ७ हजार रुपैयाँ मागेको उजुरीका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कार्यालय पोखराका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनु भयो ।

पक्राउ परेका पौडेल माथि अहिले आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको उहाँले जनाउनुभयो । घुस प्रकरणमा संलग्न व्यक्ति विरुद्ध कानुनी प्रक्रिया अघि बढाइने आयोगका प्रवक्ता पौडेल बताउनु हुन्छ ।



This will close in 20 seconds