अर्थतन्त्र

लामाचौर तीज महोत्सवमा अन्तर मावि छात्रा भलिबलको टाइटल स्पोन्सर एक्सपर्ट एजुकेशन

पोखरा, लामाचौर तीज महोत्सवको अवसरमा आयोजना हुने अन्तर माध्यमिक विद्यालय छात्रा भलिबल प्रतियोगिताको टाइटल स्पोन्सरका रूपमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजसँग सम्झौता भएको छ। सम्झौतापत्रमा आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी र एक्सपर्ट एजुकेशनको पोखरा शाखा प्रमुख सलि देवान तथा बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णुप्रसाद गौतमले हस्ताक्षर गरेका छन्। चिप्लेढुंगास्थित पोखरा ट्रेड मलको पहिलो र दोस्रो तलामा कार्यालय सञ्चालन गर्दै आएको उक्त कन्सल्टेन्सीले अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा र न्यूजिल्याण्डमा विद्यार्थी पठाउँदै आएको छ। नवआदर्श सामुदायिक विकास समाजले भदौ ८… पुरा पढौ

पोखरा ट्रेड मलको वार्षिकोत्सवमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ ग्राहकलाई आकर्षण गर्न १० दिन ५० प्रतिशतसम्म छुट हुने

पोखरा, २४ साउन, पोखराको ठुलो ट्रेड मल पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले ग्राहकलाई आकर्षण गर्न टे«ड मलमा रहेका व्यावसायिक प्रतिष्ठानबाट ५० प्रतिशतसम्म छुट दिने भएको छ । आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ योजना अन्र्तगत १० दिनको लागि (साउन २५ देखि भदौ ४ सम्म) यो योजना सञ्चालन हुने पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष मिनराज काफ्लेले बताउनु भयो । यस अवधिमा टे«ड मलमा रहेका व्यावसायिक प्रतिष्ठानबाट ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने उहाँले जनाउनु भयो । ग्राहकलाई… पुरा पढौ

पाल्पाको लाखे नाच पोखरामा देखाइने

पोखरा, २४ साउन, पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा यही साउन २६ गते न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि देखाउने तयारी छ । पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले दोस्रो संस्करणको रुपमा उक्त कार्यक्रम गर्न लागिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । साँझ ६ देखि १२ बजेसम्म उक्त नाच प्रस्तुत हुनेछ । दर्शकलाई भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक… पुरा पढौ

कास्कीमा नेपाल प्रेस युनियनको सदस्यता अभियान सुरु

पोखरा, २३ साउन, नेपाल प्रेस युनियन कास्कीले सय दिने सदस्यता अभियान सुरु गरेको छ । नयाँ सदस्य संख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित नेपाल प्रेस युनियनले साउन १५ देखि सदस्यता अभियान सुरु गरेको थियो । सोही कार्यक्रम अन्तर्गत कास्की शाखाले केन्द्रीय अध्यक्ष शिव लम्सालको उपस्थिती यो अभियान सुरु गरेको हो । अभियानमा केन्द्रीय अध्यक्ष लम्सालले कास्कीमा क्रियाशील पत्रकारहरु विमलप्रसाद तिवारी (रुपन्देहीबाट स्थानान्तरण), सागर ढकाल, भानुभक्त पाण्डे, रिदेश सुनार, सुजन पौडेल र विनोद पहारीलाई सदस्यता दिएर अभियानको… पुरा पढौ

गण्डकी प्रदेशमा ८९ प्रतिशत धान रोपाई, बागलुङमा ९७, कास्की र लमजुङमा ९५ र नवलपरासीमा भने ७९ प्रतिशत मात्र

दीननाथ बराल, पोखरा२३, साउन गण्डकी प्रदेशमा हालसम्म करिब ८९ प्रतिशत मात्र धान रोपाई भएको छ । यही साउन १८ गते (आइतबार) सम्मको अध्यावधिक भएको तथ्याङक हेर्दा यस बर्ष गण्डकी प्रदेशमा ८८.९७ प्रतिशतले ८३ हजार ७ सय ९४ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले पोखराक्लिकलाई बताउनु भयो । गण्डकी प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टरमा धान रोपाई गर्न योग्य जमिन रहेको कार्यालयल जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्य… पुरा पढौ

पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै ताल सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी

पोखरा २२, श्रावण । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ । बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर क्षेष्ठले हस्ताक्षर गर्नुभएको हो ।  तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको नगर प्रमुख आचार्यले बताउनुभयो ।… पुरा पढौ

जोखिमपूर्ण यात्रा नगर्न नगराउन होटल संघ गण्डकीको अपिल

पोखरा, २२ साउन, होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायतका जोखिम बढेको संघले विहिबार विज्ञप्ति जारी गरी जनाएको छ । संघका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तिमा पर्यटकलाई आराम गर्दै वातानुकूल ९एक्ल्म्टाइज० हुँदै यात्रा गर्ने वातावरणका लागि सम्वन्धित ट्राभल एजेन्सी, टुर अपरेटर र सरोकारवालाहरुसमक्ष अपिल गरिएको… पुरा पढौ

पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल एटीएफ यु–१४ टेनिस खेल्न मलेशिया जाने

साउन २१,पोखरा पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल साउथ इष्ट एशिया अन्तर्गत एटीएफ यु–१४ को ‘ए’लेवल टेनिस प्रतियोगितामा भाग लिन मलेशिया जाने भएका छन् । साउन १४ देखि ३१ गते सम्म क्वालालम्पुरमा हुने उक्त प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल टेनिस संघको अनुरोधमा एशियन टेनिस महासंघले उनलाई ‘वाइल्ड कार्ड’ मार्फत छानेको हो । १२ वर्षिया आर्यषले अबको ३ वर्ष सम्म यो प्रतियोगिताको यु–१४ टुर्नामेण्ट खेल्न पाउने छन् । यस प्रतियोगितामा सहभागि खेलाडीहरुले विभिन्न चरणको यात्रा अनुसार एटीएफको अंक बटुल्नेछन्… पुरा पढौ

स्टेप बाई स्टेप माविमा गाईजात्रा सांस्कृतिक कार्यक्रम सम्पन्न

पोखरा, पोखराको मासबार स्थित स्टेप बाई स्टेप माध्यमिक विद्यालयमा क्वालिटी सर्कलको आयोजनामा गाईजात्रा सम्बन्धी सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत भएको प्रतियोगितामा एन्जिल घर्ती मगरको लाखे नाच पहिलो स्थानमा रह्यो। इमा गुरुङको समूहले प्रस्तुत गरेको नृत्य दोस्रो र आरिस्माको समूहको परी नाच तेस्रो भएको विद्यालयले जानकारी दिएको छ। सांस्कृतिक कार्यक्रममा विभिन्न व्यङ्ग्य, नृत्य, कविता लगायतका प्रतिस्पर्धात्मक तथा अप्रतिस्पर्धात्मक प्रस्तुति समावेश गरिएका थिए। विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले विद्यार्थीहरूलाई आफ्नो संस्कृति बुझ्न र प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने… पुरा पढौ

गण्डकीमा योजना बैंक अझै पनि निष्क्रिय, मुख्यमन्त्री पाण्डे “अर्को वर्ष २५ प्रतिशत बजेट योजना बैंकमार्फतै लागू गर्छौं”

दीननाथ बराल,पोखरा, २१ साउन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चालु आर्थिक वर्षमा योजना बैंकमार्फत योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको स्वीकार गर्नुभएको छ। ऋाज (बुधबार) पोखरामा आयोजित १२औं प्रदेश विकास समस्या समाधान समिति बैठकपछि मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “यो मेरो अन्तिम बजेट हुनेछ, अब कुनै पनि हालतमा योजना बैंक प्रणालीबाटै योजना कार्यान्वयन गर्छौं।” उहाँका अनुसार अन्तिम समयमा विभिन्न तर्फबाट बजेटको माग बढ्दा योजना बैंकको प्रभावकारी कार्यान्वयन हुन सकेन। तर आगामी आर्थिक वर्षदेखि भने बजेटको कम्तीमा २५ प्रतिशत भाग योजना बैंकमार्फतै विनियोजन… पुरा पढौ