स्टेप बाई स्टेप माविमा गाईजात्रा सांस्कृतिक कार्यक्रम सम्पन्न

-


     पोखरा क्लिक     
     श्रावण २१ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखराको मासबार स्थित स्टेप बाई स्टेप माध्यमिक विद्यालयमा क्वालिटी सर्कलको आयोजनामा गाईजात्रा सम्बन्धी सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत भएको प्रतियोगितामा एन्जिल घर्ती मगरको लाखे नाच पहिलो स्थानमा रह्यो। इमा गुरुङको समूहले प्रस्तुत गरेको नृत्य दोस्रो र आरिस्माको समूहको परी नाच तेस्रो भएको विद्यालयले जानकारी दिएको छ।

सांस्कृतिक कार्यक्रममा विभिन्न व्यङ्ग्य, नृत्य, कविता लगायतका प्रतिस्पर्धात्मक तथा अप्रतिस्पर्धात्मक प्रस्तुति समावेश गरिएका थिए। विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले विद्यार्थीहरूलाई आफ्नो संस्कृति बुझ्न र प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। संस्थापक निर्देशक रमाकान्त बरालले गाईजात्रा नेपालको महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्दै “विद्यार्थी स्वयम् सक्रिय भएर यस्तो कार्यक्रम आयोजना गर्नु गर्वको विषय हो” भन्नुभयो।

सह–प्राचार्य दीपक गिरीले पनि सांस्कृतिक जगेर्नाका लागि यस्ता कार्यक्रमले ठूलो योगदान पुर्याउने बताउँदै विजेताहरुलाई बधाई दिनुभयो। क्वालिटी सर्कलका अध्यक्ष प्रसन्ना पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुविधा लामिछानेले सञ्चालन गर्नुभयो भने आरिस्मा श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो।