
पोखरा,
लामाचौर तीज महोत्सवको अवसरमा आयोजना हुने अन्तर माध्यमिक विद्यालय छात्रा भलिबल प्रतियोगिताको टाइटल स्पोन्सरका रूपमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजसँग सम्झौता भएको छ।
सम्झौतापत्रमा आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी र एक्सपर्ट एजुकेशनको पोखरा शाखा प्रमुख सलि देवान तथा बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णुप्रसाद गौतमले हस्ताक्षर गरेका छन्। चिप्लेढुंगास्थित पोखरा ट्रेड मलको पहिलो र दोस्रो तलामा कार्यालय सञ्चालन गर्दै आएको उक्त कन्सल्टेन्सीले अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा र न्यूजिल्याण्डमा विद्यार्थी पठाउँदै आएको छ।
नवआदर्श सामुदायिक विकास समाजले भदौ ८ देखि १० गतेसम्म संस्थाको २९ औं वार्षिकोत्सव समारोह एवं २७ औं लामाचौर तीज महोत्सव आयोजना गर्नेछ। लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय परिसरमा हुने महोत्सवमा विविध सांस्कृतिक र खेलकुद गतिविधि हुनेछन्। अन्तर मावि छात्रा भलिबल प्रतियोगितासँगै “लामाचौर कप” खुला पुरुष भलिबल प्रतियोगिता महोत्सवको मुख्य आकर्षण हुने आयोजकले जनाएका छन्।





