गण्डकी प्रदेशमा ८९ प्रतिशत धान रोपाई, बागलुङमा ९७, कास्की र लमजुङमा ९५ र नवलपरासीमा भने ७९ प्रतिशत मात्र

-


     पोखरा क्लिक     
     श्रावण २३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा२३, साउन

गण्डकी प्रदेशमा हालसम्म करिब ८९ प्रतिशत मात्र धान रोपाई भएको छ । यही साउन १८ गते (आइतबार) सम्मको अध्यावधिक भएको तथ्याङक हेर्दा यस बर्ष गण्डकी प्रदेशमा ८८.९७ प्रतिशतले ८३ हजार ७ सय ९४ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले पोखराक्लिकलाई बताउनु भयो ।

गण्डकी प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टरमा धान रोपाई गर्न योग्य जमिन रहेको कार्यालयल जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्य हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङमा धान खेति खासै हुने गरेको छैन् । प्रदेशका ९ जिल्ला मध्य हालसम्म सबै भन्दा धेरै बागलुङमा ९६.८१ प्रतिशत र सबै भन्दा कम तराईको जिल्ला नवलपरासीमा ७९.२७ प्रतिशत मात्र धान रोपाई भएको कृषि अर्थ विज्ञ पौडेलले जनाउनु भयो ।

बागलुङमा ९६.८१ प्रतिशतले ५ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । बागलुङमा ५ हजार ७ सय ७ हेक्टर क्षेत्रफलमा धान खेति हुने जमिन रहेको कार्यालयले जनाएको छ । प्रदेशमा जिल्लाहरु मध्य सबै भन्दा धेरै धान खेति हुने नवलपरासीमा भने यस बर्षको साउनको १८ गतेसम्मको तथ्याङक हेर्दा ७९.२७ प्रतिशतले १४ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको छ । नवलपरासीमा १८ हजार ७ सय १६ हेक्टर क्षेत्रफलमा धान खेति योग्य जमिन रहेको कार्यांलयले दिएको तथ्याङकमा उल्लेख छ ।

त्यस्तै कास्की र लमजुङमा ९५ प्रतिशत धान रोपाई भएको छ । लमजुङमा ९५.२८ प्रतिशतले गत आइतबारसम्म ८ हजार ८ सय ६० हेक्टर क्षेत्रफलमा धान रोपाइ गरिएको छ । ११ हजार ८ सय ७५ हेक्टर क्षेत्रफलमा धान रोपाइ गर्न योग्य जमिन रहेको कार्यालयले जनाएको छ । कास्कीमा ९५.०० प्रतिशतले १५ हजार ४ सय ९ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको छ भने कास्कीमा १६ हजार २ सय २० हेक्टर क्षेत्रफलमा धान खेति गर्न योग्य जमिन रहेको छ ।

गोर्खामा आइतबारसम्म ८४.४७ प्रतिशतले ८ हजार ५ सय ६५ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ भने गोर्खामा १० हजार १ सय ४० हेक्टर क्षेत्रफलमा धान खेति गर्न योग्य जमिन रहेको छ । त्यसै गरी तनुहँमा आइतबारसम्म ९१.०० प्रतिशतले ७ हजार ९ सय ३५ हेक्टरमा धान रोपाई भएको छ भने तनहुँमा ८ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा धान खेति गर्न योग्य जमिन रहेको छ ।

पर्वतमा आइतबारसम्म ९० प्रतिशतले ६ हजार ४ सय ६२ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ भने पर्वतमा ७ हजार १ सय ६२ हेक्टर क्षेत्रमा धान रोपाई हुने गरेको कृषि अर्थ विज्ञ पौडेलले जनाउनु भयो । स्याङजामा आइतबारसम्म ८८.४९ प्रतिशतले १२ हजार ७ सय ३४ हेक्टर क्षेत्रफलमा धान रोपाई भयो भने स्याङजामा १४ हजार ३ सय ९० हेक्टर क्षेत्रफलमा धान खेति गर्न योग्य जमिन रहेको छ ।

त्यसै गरी म्याग्दीमा ९१.०१ प््रातिशतले ३ हजार ४ सय ६४ हेक्टर क्षेत्रफलमा धान रोपाई गत आइतबारसम्म भयो भने म्याग्दीमा ३ हजार ८ सय ६ हेक्टर क्षेत्रफलमा धान खेति गर्न योग्य जमिन रहेको कार्यालयले दिएको तथ्याङकमा उल्लेख छ । भदौंको पहिलो हप्तासम्म नेपालका टारी तथा पाखा वारीमा धान खेति हुने हुदा धान रोपाई हुने गरेको कृषि अर्थ विज्ञ पौडेलले जनाउनु भयो । यस बर्ष तराई क्षेत्रमा कम बर्षा भएकोले गर्दा अझै करिब २१ प्रतिशत धान रोपाई गर्न बाँकी रहेको उहाँले बताउनु भयो ।

गण्डकी प्रदेशका ९ जिल्लामा प्राय गरी साबित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, महाराजा, च्याम्पियन, युस–३१२, सावामन्सुली, मकवानपुर १, वर्णशंकर, जेठोवुढो, पहेले, गुर्दि, एक्ले, खुमल–४,१०, गौरिया,बयर्नी, सेतो र लामो झिनुवा,मार्सी, बिरिमफूल,कालो र टुँडे झिनुवा, जर्नेली पहेंलो, मार्सी, उन्नत पोखरेली जेठोबुढो, सावा मन्सुली, साबित्री, हर्दिनाथ–६, ताइचुङ, यूएस–३१२, रामधान, अनदि लगायतका जातका धान खेति हुने गरेको कृषि विकास निर्देशनालयले जनाएको छ । कास्कीमा प्रायः गरी जेठोबुढो, पहेले, एक्ले, खुमल ४, १०, गौरिया, बयर्नी, सेतो र लामो भिनुवा, मार्सी, बिरिमफुल, कालो र टुंडे झिनुवा, वर्णशंकर–यूएस ३१२ लगायतका जातका धान खेति हुदै आएको छ ।