पोखरा ट्रेड मलको वार्षिकोत्सवमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ ग्राहकलाई आकर्षण गर्न १० दिन ५० प्रतिशतसम्म छुट हुने

-


     पोखरा क्लिक     
     श्रावण २४ गते २०८२ मा प्रकाशित


पोखरा, २४ साउन,

पोखराको ठुलो ट्रेड मल पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले ग्राहकलाई आकर्षण गर्न टे«ड मलमा रहेका व्यावसायिक प्रतिष्ठानबाट ५० प्रतिशतसम्म छुट दिने भएको छ । आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ योजना अन्र्तगत १० दिनको लागि (साउन २५ देखि भदौ ४ सम्म) यो योजना सञ्चालन हुने पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष मिनराज काफ्लेले बताउनु भयो ।

यस अवधिमा टे«ड मलमा रहेका व्यावसायिक प्रतिष्ठानबाट ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने उहाँले जनाउनु भयो । ग्राहकलाई सुविधा दिने उद्देश्यले ग्रान्ड सपिङ फेस्टिभल योजना ल्याएको बताउदै उनले मल भित्र सुन पसल समेत भएकोले न्यूनतम छुट सुन चाँदी पसल बाहेक अन्यमा केही न केही छुट हुने दाबी गर्नुभयो । ‘अहिले सर्वसाधारणको आम्दानी पनि कम भइरहेको अवस्थामा राहत महसुस होस् भनेर पनि यो योजना ल्याएका हौं,’ अध्यक्ष काफ्लेले भने ‘यसले टे«ड मलमा रहेका व्यवसायलाई पनि केही मात्रामा भरथेग हुनेछ ।’

उनका अनुसार आगामी १० दिनको अवधिमा ग्राहकले मल भित्रका व्यावसायिक प्रतिष्ठानमा ५ सय र सो भन्दा माथिका दरमा सामान खरिद गर्न पाउनेछन् । मलले फेस्टिभल अवधिमा अधिकतम ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाएको हो । दसैं, तिहार लगायत चाडपर्वको अवसरमा भने छुट्टै योजना ल्याउने जानकारी उहाँले जनाउनु भयो ।

स्थापनादेखि नै मलले हरेक वर्ष साउन २४ गते आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण र मलका उत्कृष्ट व्यवसायीलाई सम्मान जस्ता विभिन्न सामुदायिक कार्यक्रमको माध्यमबाट मनाउँदै आएको छ । ०६९ भदौ २४ गते विधिवत रूपमा दर्ता भएको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालि ०७२ असोज २६ गते औपचारिक रूपमा सञ्चालनमा आएको थियो ।

प्रालिका प्रबन्ध सञ्चालक दीपककुमार मुल्मीले टे«ड मलले यस क्षेत्रको प्रमुख व्यावसायिक केन्द्रको रूपमा सेवा गरि रहेको बताउनु भयो । ‘पोखराका विभिन्न स्थानमा पेसा व्यवसाय गर्ने व्यक्तिहरूको सामूहिक लगानीमा निर्मित यो मल गण्डकी प्रदेशकै गहनाको रूपमा स्थापित भएको छ,’ उहाँले भन्नुयभोे, ‘मानवीय पहिरनका सुन, लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक लगायतका बस्तु खरिद गर्न बजारका विभिन्न स्थानमा भौतारिनुपर्ने अवस्थाको अन्त्य गरेको छ ।’ मलमा मनोरञ्जन सेवा प्रदान गर्ने २ वटा मल्टिप्लेक्स चलचित्र घर, गुणस्तरीय भोजन प्रदान गर्ने रेस्टुरेन्ट र सौन्दर्यकरणका लागि स्तरीय लेडिज तथा जेन्ट्स हेयर सैलुन, पार्लर जस्ता विविध सुविधा छन् । विदेश पढ्न जाने विद्यार्थीलाई उत्कृष्ट सेवा प्रदान गर्ने ३ वटा ख्यातिप्राप्त शैक्षिक परामर्शदाता कम्पनी छन् । कोरियाली स्किन केयर अस्पतालले हालै मलमा सेवा सुरु गरिसकेको छ ।

मलले आवश्यक वस्तु तथा सेवाहरू एकै छानामुनि उपलब्ध गराएर ग्राहकको मन जित्न सफल भएको व्यवसायी नवराज त्रिपाठीले बताउन भयो । उहाँका अनुसार मल व्यवस्थापनले ग्राहकको लागि पर्याप्त आकर्षक र सुरक्षित पार्किङको व्यवस्था गरेको छ । भवन भूकम्प प्रतिरोधात्मक छ र फायरफाइटिङ सिस्टम तथा स्मोक डिटेक्टरले सुसज्जित छ । ग्राहकको सुविधाको लागि बस्ने लबी, शौचालय, आवश्यकता अनुसार एस्कलेटर, लिफ्ट र ¥याम्पको व्यवस्था छ ।

मलको कुल क्षेत्रफल १ लाख ७१ हजार वर्गफिट छ, जसमध्ये ७८ हजार वर्गफिट सटरका लागि छुट्याइएको छ । मलमा २ सय १० व्यावसायिक प्रतिष्ठानका ५ सय ३ सटर छन् । नयाँ व्यवसाय सुरु गर्न इच्छुक उद्यमीको लागि मलमा हाल ६ सय देखि १ हजार २ सय वर्गफिटसम्मको स्थान उपलब्ध रहेकोे छ । हाल करिब ४८ वटा सटर नयाँ व्यवसायको लागि खुल्ला रहेको प्रालिले पोखराक्लिकलाई जनाएको छ ।