अल्फा बोर्डिङ स्कुलमा युनाइटेड काउन्सिल ट्रफी २०८३ सुरु

-


     पोखरा क्लिक     
     कार्तिक १९ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा–१६, लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलको प्राङ्गणमा युनाइटेड काउन्सिल ट्रफी २०८३ प्रतियोगिता सुरु भएको छ। खेलकुदको विकासका साथै विद्यार्थीहरूमा रहेको खेल प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो। युवा रेडक्रस सोसाइटीका अध्यक्ष प्रवेश पोखरेलको सभापतित्वमा उद्घाटन समारोह सम्पन्न भएको थियो।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं। १६ का वडा सदस्य श्रीमती मन्जु नेपाली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथिले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि मन्जु नेपालीले बालबालिकामा खेलकुदले पार्ने सकारात्मक प्रभावको चर्चा गर्नुका साथै आउँदै गरेका चाडपर्वहरूले सबैमा सकारात्मक ऊर्जा प्रदान गरुन् भन्दै शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले शुभकामना मन्तव्य दिँदै खेलकुदले विद्यार्थीको व्यक्तित्व विकास र नेतृत्व क्षमताको विकासमा सघाउ पुर्‍याउने कुरा बताउनुभयो।

कार्यक्रमको सुरुवाती चरणमा विद्यालयका विद्यार्थीहरूले आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए भने विद्यार्थी परिषद्की अध्यक्ष जेनिसा गुरुङले उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत मन्तव्यद्वारा हार्दिक स्वागत गर्नुभएको थियो। उक्त औपचारिक कार्यक्रमको सञ्चालन रियाना थापा र क्रितन गुरुङले गर्नुभएको थियो।



This will close in 20 seconds