
पोखरा, ७ साउन
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारि पोखरा महानगरपालीका वडा नम्बर १ स्थित पुरानो टँुडिखेलमा ऐतिहासीक टँुडिखेल तीज महोत्सव २०८३ हुने भएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना महोत्सव हुने भएको हो ।
महोत्सवलाई भव्य एंव सभ्य रुपमा सम्पन्न गर्न आयोजक केन्द्रले स्थानिय निकाय, स्थानिय सरोकारवालाहरु, विभिन्न संघ संस्था, राजनैतिक दलका प्रतिनिधी, आमा समुह, क्लबहरु लगायतको सहभागीतामा छलफल एंव सुझाब संकलन गरेको छ । भेलामा सहभागीहरुले महोत्सव सम्पन्न सगै सफल पार्न सवैले आ आफनो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले नेपाली मौलिक कला र सस्कृतीलाई जगेर्ना गदै करिव दुई दशक अघिदेखि तिजगित प्रतियोगिता आयोजना गदै आएको जानकारी दिए । त्यसपछि ०७६ सालमा पहिलो पटक तिजमेला आयोजना गरेकोमा केरोनाका कारण दुईवर्ष रोकिएकोमा पछि त्यसलाई महोत्सवका रुपमा निरन्तर संचालन गदै आएको बताए । महोत्सवको मिति केहि दिनमा सार्वजनिक गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।
नेपाली कला संस्कृतीको संरक्षण सगै पोखरा १ स्थित गाईघाट क्षेत्रमा केन्द्रले निमार्ण गदै गरेको कृयापुत्री भबन निमार्णका लागि आर्थिक सहयोग जुटाउने उदेश्य रहेको अधिकारीले बताए । मौलिक तीजगीत प्रतियोगिता, तीज गृहणी नृत्य प्रतियोगिता, टपरि गास्ने प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, गण्डकी प्रदेश स्तरिय छेलो लगायतका प्रतियोगिताहरु संचालन गरिने मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायतका विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ ।




