पोखरामा निट्को नयाँ शोरुम मालेपाटनमा

-


     पोखरा क्लिक     
     असार १० गते २०८३ मा प्रकाशित


पोखरा, १० असार,

पोखरा ५ मालेपाटनमा निट्को नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । पोखरामा एक दशक भन्दा बढि समय देखी निर्माण सामग्रीहरुको ब्यबसाय संचालन गर्दै ओम लक्ष्मी टे«डसले निट्को नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । युवा व्यवसायी मनोज अधिकारी, एकनारायण सुबेदी र डिल्लीराम पौडेलले भारती टायल तथा मार्वल कम्पनी निट्लाई पोखरा ल्याएा हुन् । शोरुमको पोखरा उधोग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र निट्को कम्पनीका महाप्रबन्धक धर्मेन्द्र कुमार ठाकुरले उद्घाटन गरे ।

निट् कम्पनीको पोखरामा संचालनमा आएको नयाँ बिक्रि कक्षको उद्घाटन गर्दै अध्यक्ष कार्कीले निट् कम्पनीका उत्पादनहरु गुणस्तरीय र भरपर्दो रहेको बताउदै पोखरामा मनोज अधिकारी सहितको समुहलाई साथमा लिएर निट्को कम्पनीले ब्यबसाय संचालनमा ल्याएकोमा खुसि प्रकट गरे । उनले निट्को कम्पनीले सहि व्यक्ति छनोट गरेर ब्यबसाय बिस्तार गरेको समेत बताए । निट्को कम्पनीका महाप्रबन्धक धर्मेन्द्र ठाकुरले आंफ्नो कम्पनीले बिगत ७० बर्षदेखी गुणस्तरीय मार्बल र टायलको बिक्रि वितरण गर्दै आएको बताए । उनले नेपालमा हालसम्म दुईवटा मात्र बिक्रिकक्ष संचालनमा रहेकोमा बिस्तारै अन्य स्थानमा पनि संचालनमा ल्याइने बताए । उनले भारतको पुरानो कम्पनीको रुपमा रहेको निट्को कम्पनीका बिभिन्न उत्पादन बिक्रि गर्नको लागी भारतमा ३ सय ८० वाट बिक्रि कक्ष बताए । नेपालमा काठमाडौँ पछि पोखरामा सञ्चालनमा ल्याएको उनको भनाई छ । कम्पनिले भारतीय टायल तथा मार्बल कम्पनीहरु मध्ये गुणस्तरीय सामान उत्पादन गर्ने कम्पनीको रुपमा रहेको उनको भनाई छ ।

कार्यक्रममा निट्को टायल कम्पनीका एरिया म्यानेजर उत्तम रिमाल, पोखरा हार्डवयर एसोसिअसनका सल्लाहकार एबम पुर्ब अध्यक्ष रामचन्द्र थापा, ओमलक्ष्मी इन्टरप्राइजेजका संचालक एकनारायण सुबेदी, डिल्लीराम पौडेल लगाएतले गुणस्तरीय सामग्रीहरु नेपाल आएको र त्यसलाई स्तरीय सेवा प्रदान गर्ने बताए । पोखराको जिरो किलोमिटर नजिक पोखरा बाग्लुङ राजमार्गमा निट्कोको नयाँ शोरुम अर्थात बिक्रि कक्ष संचालनमा ल्याएको छ । संचालक मनोज अधिकारीले शोरुम स्थापनाका लागि करिब ४ करोड ५० लाख रुपैयाको लगानी गरेको बताए । उनीहरुको समुहले ११ बर्षदेखी ओमलक्ष्मी ट्रेङिगबाट निमार्णका अन्य सामग्रीहरुको विक्रि वितरण गर्दै आएका छन् । नयाँ शोरुममार्फत ग्राहक गुणस्तरीय टायल, मार्बल तथा निर्माण सामग्रीहरू सहज, विश्वसनीय र प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने सञ्चालक मनोज कुमार अधिकारीले बताए । उनले उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि र दीर्घकालीन विश्वासलाई संस्थाको मुख्य प्राथमिकताका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।