ई दिवसीय युवा सशक्तिकरण कार्यक्रम

-


     पोखरा क्लिक     
     असार ३ गते २०८३ मा प्रकाशित


पोखरा ३ आषाढ,

युवाहरूमा नैतिक मूल्य, सेवाभाव, सामाजिक उत्तरदायित्व तथा आध्यात्मिक चेतनाको विकास गराउने उद्धेश्यका साथ ब्रह्माकुमारीज क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा “आध्यात्मिक जागरणद्वारा विश्व नवनिर्माण – २०८३” थिमको क्षेत्रीय शुभारम्भ, युवा प्रभाग नेपालको राष्ट्रिय शुभारम्भ एवं दुई दिवसीय युवा सशक्तिकरण प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय भीमबहादुर कार्कीको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० गण्डकी प्रदेशका नवनिर्वाचित सभापति श्री नवीन त्रिपाठीको उपस्थिति रहेको थियो। संस्थाको माउंट आबू स्थित अंतर्राष्ट्रीय मुख्यालयबाट आउनुभएका युवा प्रभागका राष्ट्रीय समन्वयक ९ल्बतष्यलब िऋययचमष्लबतयच० ब्र।कु। जीतु भाई जी , भारतबाट आउनुभएका च्बमष्ययिनष्कत, ःच्क्ष् क्उभअष्बष्कित। म्च राजेश भाई जीले कार्यक्रममा युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, आत्मविश्वास वृद्धि, सकारात्मक जीवनशैली, तनाव व्यवस्थापन तथा राजयोग ध्यानका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परिनीता दिदीजीले गर्नुभएको थियो। कार्यक्रमको प्रारम्भमा महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालले कार्यक्रमको उद्धेयश्यमाथी प्रकाश पार्दै स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

अतिथिहरूद्वारा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका वरिष्ठ उपाध्यक्ष राजयोगिनी ब्रह्माकुमारी कमला दिदीजीले युवाहरूलाई आध्यात्मिक मूल्य, सकारात्मक सोच र आत्मा परिवर्तन मार्फत समाज तथा राष्ट्र निर्माणमा अग्रसर हुन प्रेरणा दिनुभयो। पश्चिम नेपालका विभिन्न जिल्लाहरुबाट करिब १५० भन्दा बढी ब्रह्माकमार ब्रह्माकुमारी९युवा युवती०हरुको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रमका सहभागी युवाहरूले प्रशिक्षणबाट जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा प्राप्त भएको अनुभव व्यक्त गरेका थिए।