पोखरामा क्रिकेट प्रतिभा पहिचान र प्रोत्साहनका लागि विहिबार “वेस्ट द स्पिड सेसन ३” हुने

-


     पोखरा क्लिक     
     वैशाख २२ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरामा क्रिकेट प्रतिभा पहिचान र प्रोत्साहनका लागि विशेष कार्यक्रम आयोजना हुने भएको छ। यही वैशाख २४ गते हुने “वेस्ट द स्पिड सेसन ३” प्रतियोगिता वल्र्डलिंक कम्यूनिकेशन्स को आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा दिउँसो ४ बजेदेखि सुरु हुने भएको हो ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदद्वारा प्रमाणित मापन प्रक्रियाअनुसार स्पीड मिटर प्रयोग गरी बलिङ गति परीक्षण गरिने आयोजकले पोखरा क्लिकलाई जनाएको छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष जर्सी प्रदान गरिनेछ भने पोखराबाट उत्कृष्ट १० खेलाडी फाइनल चरणका लागि छनोट हुनेछन्। अन्तिम विजेताले नगद रु। १ लाखसहित भारतको बैंगलोरमा रहेको जस्ट क्रिकेट एकेडेमी मा ३ महिनाको फास्ट बोलिङ प्रशिक्षण प्राप्त गर्नेछन्। त्यसैगरी, प्रथम उपविजेताले रु। ५० हजार र द्वितीय उपविजेताले रु.२५ हजार नगद पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।

आयोजकका अनुसार यस कार्यक्रमले देशभरका प्रतिभावान क्रिकेट खेलाडीको पहिचान गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ। वल्र्डलिंक कम्यूनिकेशन्सका बिक्रम पौडेल का अनुसार इच्छुक खेलाडी तथा सरोकारवालाहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ।