
दीननाथ बराल,
पोखरा,
कास्कीको माछापुच्छ«्रे गाउँपालिका–४, लाहाचोकमा यही चैत ११ गते (बुधबार) देखि चौथो संस्करणको माछापुच्छ्रे« गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ । माछापुच्छ«्रे« गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ«े गाउँपालिका वडा नं–४,लाहाकोको व्यवस्थापन उक्त प्रतियोगिता चैत १४ गतेसम्म संम्म संचालन हुने भएको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
प्रतियोगितामा हालसम्म महिला तर्फ ८ र पुरुष तर्फ १६ टिमको सहभागिता रहेको माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले बताउनु भयो । प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितिय पुरस्कार १ लाख र ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु २५÷२५ हजार रहेको छ । महिला तर्फ प्रथम पुरस्कार ६० हजार ,द्धितिय पुरस्कार ३० हजार ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५÷१५ हजार रहेको छ । त्यसैगरी ११ गते हुने पुरुष छेलो तर्फ प्रथम पुरस्कार नगद रु १० हजार ,द्धितिय पुरस्कार नगद रु ५ हजार, तृतीयलाई नगद रु २ हजार र सान्त्वनालाई नगद रु १ हजार रहेको छ । पुरुष छेलो तर्फ पनि निःशुल्क दर्ता गर्न सकिने छ ।
महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै यस वर्ष पुरुष छेलो पनि समावेश गरिएको तथा महिला तर्फ कम टिम सहभागिता भएकोले पुरस्कार राषि पुरुषको तुलनामा कम रहेको गाउँ पालिकाकी उपाध्यक्ष सिता अधिकारीले जानकारी दिनुभयो । स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा बढी भन्दा बढी सहभागिता जनाउने लक्ष्यका साथ टिम शुल्क निःशुल्क गरिएको माछापुच्छ्रे« गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले बताउनु भयो । माछापुच्छ्रे–४, लाहाचोकका वडा अध्यक्ष मधुसूदन अधिकारीले यो प्रतियोगिताले गाउँपालिका साथै माछापुच्छ्रे«–४,लाहाचोकको पर्यटन सँगै खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका भलिबल सङ्घको समन्वयमा लाहाचोक –४,को महेन्द्र मा.बिको खेलमैदानमा सञ्चालन हुने भएको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरि बहादुर क्षेत्रीले बताउनु भयो । पुरुष भलिबल खेलमा पालिका भित्रको जनसुकै तह र स्तरका खेलाडीहरू समावेश गर्न पाइने भएको छ । महिला भलिबल खेलमा राष्ट्रिय खेलाडी १ जना समावेश गर्न सकिने माछापुच्छ्रे« गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुम् बहादुर गुरुङले जानकारी दिनुभयो ।



