पोखरामा खुल्यो पाइलट ब्रान्ड पेनको आउटलेट

-


     पोखरा क्लिक     
     फागुन २ गते २०८२ मा प्रकाशित


पोखरा,

फेयर ट्रेड कर्पोरेसनले पोखरामा पाइलट ब्रान्डको पेनको आउटलेट संचालनमा ल्याएको छ। पोखरा महानगरपालिका वडा नम्बर ३, नदीपुरस्थित कोट्रयार्ड भवनमा ९मीनमार्ट रहेको भवन० आउटलेट संचालनमा ल्याएको हो ।

शनिबार आयोजित एक समारोहमा उक्त शोरूमको कम्पनीका तर्फबाट जापानी नागरिक मसो नाका र टामायुकी कावानाले संयुक्त उद्घाटन गरे । सो अवसरमा हाँस्य कलाकार सन्दीप क्षेत्रीको पनि उपस्थिति थियो। कम्पनीले ४२ वर्ष पहिलेदेखि नेपालमा पाइलट पेनको बिक्री वितरण गर्दै आएको छ। कम्पनी निर्देशक मीन अग्रवाल आफूकहाँ १० देखि एक लाख रूपैयाँसम्मका मूल्य बराबरका पेन रहेको बताउँछिन्।

उनका अनुसार पाइलट ब्रान्डका बल पेन, जेल पेन र फाउन्टेन पेन, हाइलाइटर, मार्कर, पेन्सिल, इरेजरसहित लेखेर मेट्ने पेनहरू पनि उपलब्ध छन् । प्रोडक्टमा १० प्रतिशत डिस्काउन्ट र विद्यार्थीहरूका लागि एक वर्षसम्म ५ प्रतिशत विशेष छुट दिइने व्यवस्था गरिएको छ। काठमाडौंको न्यूरोड र कमलादीमा शाखा संचालित रहेकोमा छिट्टै विराटनगरमा समेत सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिइन्। यसका डिलर भने धेरैवटा छन्। पाइलट पेनलाई अरू पेनको तुलनामा उत्कृष्ट मानिन्छ।