
पोखरा, ८ असार,
पोखरा इन्जिनियरिङ कलेजमा रहेको सिभिल इन्जिनियरिङ्ग विभागको प्राविधिक क्लबको आयोजनामा तथा कलेजको आरएमसी संयोजक ई.कृष्ण घिमिरेको संयोजकत्वमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शहरी विकास तथा भवन निर्माण कार्यालयका ई. अच्युत पौडेलले सहजीकरण गरेका थिए ।
तालिममा करिब ४० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। यस तालिमले विद्यार्थीहरूलाई भवन निर्माण सम्बन्धी परियोजनाहरूको लागत अनुमान गर्ने सीप प्रदान गर्नुका साथै व्यावहारिक दक्षता अभिवृद्धि गर्न ठूलो टेवा पुगेको सहभागीहरूले बताएका छन्। कार्यक्रम समापनको क्रममा संयोजक घिमिरेले यस्ता तालिमहरूले विद्यार्थीहरूलाई भविष्यको निर्माण क्षेत्रको लागि अझ सक्षम बनाउने विश्वास व्यक्त गरे। कलेजले विध्यार्थीहरुलाई प्रसस्तै यस्ता ननक्रेडिटेड प्रशिक्षणहरु निरन्तर दिदै आएको प्रिन्सिपल ई.सोम गुरुङले बताए।





