रविलाई आज बिहान अदालतमा उपस्थित गराइने, सहकारी पिडितले आन्दोलन गर्ने

-


     पोखरा क्लिक     
     कार्तिक ४ गते २०८१ मा प्रकाशित


पोखरा ४, असोज,

रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा आज बिहान उपस्थित गराइने भएको छ । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका उनलाई आज बिहान १०ः०० बजे पछि अदालतमा उपस्थित गराइने तयारी गरिएको प्रहरीले जनाएको छ ।

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका रविलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

यसैबिच सहकारी पिडितहरुले आज भने पोखरामा बिरोध प्रर्दशन गर्ने भएका छन् । सहकारीमा बचत रकम हिनामिना गर्ने उपर कार्वाहीको माग गर्दै आफुहरुले बिहान ११ः०० बजे पछि सडक आन्दोलन गर्ने तयारी गरिएको सहकारी पिडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । पोखराका मुख्य चोक चोकमा प्रहरीको बाक्लो उपस्थिती रहेको छ ।