
दीननाथ बराल
पोखरा ,३ असोज,
गण्डकी प्रदेशको राजधानि पोखरामा पनि संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । संविधान दिवस गण्डकी प्रदेशको मुल समारोहको आयोजनामा पोखरामा प्रभात फेरि सहित विभिन्न कार्यक्रमको आयोजना गरि उक्त दिवस मनाईएको हो ।

पोखराको शहिद पार्कबाट सुरू भएको प्रभात फेरि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा पुगेर समारोहमा परिणत भएको थियो । प्रभातफेरीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहित मन्त्री, सांसद, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो । प्रभात फेरीमा एपिएफको ब्याण्ड बाजा, विभिन्न जनजातिको भेषभुषा सहित झाँकी समेत प्रदर्शन गरिएको थियो । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई नेपाल प्रहरीले सलामी दिएको थियो । उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले देशको हित र उद्वेश्य प्राप्तीको लागि सबै एक भई लाग्न आग्रह गरे । संबिधानले सुनिश्चित गरेको आर्थिक, सामाजिक, राजनीति अधिकार प्राप्ती गर्न सबैले कर्तव्य पालना गर्नु पर्ने उनले बताउनु भयो ।

प्रदेशका सभामुख कृष्णप्रसाद धितालले अझै ऐनहरू अपुरा भएकोले सबै गम्भीर भएर लाग्न सुझाव दिए । निवर्तमान मुख्य खगराज अधिकारीले नेपालको उत्कृष्ट संविधान भएकोले कुनै शंका नगर्न आग्रह गरे । संघियता भए पछि जनताले अनुभूति हुने गरि काम भएको उनले लनाए । केन्द्रको सरकारले गर्दा अस्थिरता भएको निवर्तमान मुख्यमन्त्री अधिकारीले जनाए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघिय ऐन नहुँदा प्रदेश ऐन ल्याउन कठिन भएको बताए । प्रदेश प्रहरी ऐन र जग्गा प्राप्त हुन नसक्दा प्रदेशले धेरै काम गर्न नसकेको उनले गुनासो गरे । प्रदेशको आर्थिक बिकास र समृद्धि हासिल कटिबद्ध भएर लाग्ने पाण्डेले बताए ।
नेकपा माओेबादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले संविधान पूर्ण रूपमा अझै कार्यान्वयन नभएको बताउदै केही सडेन्त्र भईरहेको जनाए । हाल प्रदेश सरकार धेरै निरासाको छेण बनेको आरोप लगाउदै प्रदेश सरकार निरीह भएको गुनासो गरे । उनले प्रदेश प्रहरी समायोजन हुन सक्छ भन्दै प्रश्न गरे । कार्यक्रममा विभिन्न सास्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो ।






