पोखरा सडक पेटिका रुख विरुवा काटछाट् भए पछि….

-


     पोखरा क्लिक     
     असाेज २ गते २०८१ मा प्रकाशित


.दीननाथ बराल,
पोखरा २, असोज,

केही दिन अघि पोखराका मेयर धनराज आचार्यले आफ्नो फेसबुक स्टाटस लेख्दै बिद्युत प्राधिकरणका कार्यालय प्रमुखले आफुखुसि रुख विरुवा काटछाट गरेको आरोप लगाएका छन् । उनले भने “पोखरामा हामीले “ग्रीन पोखरा, क्लिन पोखरा“ परियोजना सुरु गरेका छौं, जसअन्तर्गत २ लाख २६ हजार बिरुवा बिज्ञहरुको सिफारिस अनुसार रोप्ने लक्ष्य लिएका छौं, तर धेरै बर्ष लगाएर हुर्केका सडक किनाराका रुखहरु बिना समन्वय निर्ममतापूर्वक काटिएको खबर प्राप्त भएको छ, बिद्युत प्राधिकरणका हाकिम साबलाई म सोध्न चाहान्छु यस्तो अधिकार कसले दियो हाकिम साब ? ”

अब सडक किनाराका बिरुवा बिना अनुमति काट्न खोजिएको देखिएमा महानगरको हटलाइन ११८१ वा नगर प्रहरीको सम्पर्क नम्बर ९८४६०४०७५१ मा खबर गरिदिनु हुन सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा अनुरोध गर्दछु भनेर मेयर आचार्यले स्टाटस राखेका थिए । गत शनिबार पोखरामा अव्यबस्थित र स्थानिय तह पोखरा महानगरसंग समन्वय विना नै रुख बिरुवा काटछाट हुँदा यस्तो मेयर आचार्यको फेसबुक स्टाटस आएको हो ।

नेपाल बिद्युत प्राधिकरणले पोखरा महानगरपालिकासंग समन्वय नै नगरी पोखरा सडक पेटिका क्षेत्रमा रहेका रुख विरुवा काटछाट् गरेको हो । गत शनिबार पोखराको न्यूरोडमा नेपाल बिद्युत प्राधिकरणले महानगरसंगको समन्वय विना नै पोखरा सडक पेटि क्षेत्रका रुख बिरुवा काटछाट गर्दै गर्दा महानगरको नगर प्रहरीले उक्त रुख बिरुवा नकाट्न चेतावनी दिए पछि बिद्युत प्राधिकरण व्याक हटेको थियो ।

प्राधिकरणले खेतला हालेर पोखरा महानगरले हुर्काका रुख बिरुवा अवैज्ञानिक र अफ्सिजनमा जथभावी रुपमा रुख बिरुवा काटेको आरोप लगाएको छ । पोखरा महानगरका मेयर आचार्यले दृदयविधारक ढंगबाट प्राधिकरणले पोखराको सौन्दर्यताको रुपमा रहेका सडक पेटिका रुख विरुवा काटेको आरोप लगाए । वन ऐनले स्थानिय तहलाई रुख बिरुवाको संरक्षण गर्ने जिम्मा दिएको अबस्थामा प्राधिकरणले आफुखुसि रुख विरुवा काट्न गलत भएको उनले पोखराक्लिकलाई जनाए । महानगरले २ लाख ५६ हजार विरुवा रोप्ने गरी खाडल खन्ने तयारी गरेका वेला पोखरामा रुख विरुवा काट्नु गतल भएको मेयर आचार्यले जनाए ।

यस बिषयमा नेपाल बिद्युत प्राधिकरण पोखरा शाखा कार्यालयका प्रमुख जितेन्द्र यादवले बिद्युतको लाइनमा छोएका रुख विरुवा मात्र काटछाट गरिएको बताए । पोखरामा उक्त रुख बिरुवाले सौन्दर्यता थपेको भए पनि बिद्युत लाइनमा पुगेर दुर्घटनाको उत्तिकै जोखिम भएको उनले दाबी गरे । कति रुख विरुवा काटछाट भयो भन्ने उनीसंग कुनै तथ्याङक छैन् ।

फिल्डमा हेर्दा भने अधिकांश रुख विरुवाहरु तारमा छोएको अबस्थामा काटिएको छ भने केही विरुवा थिलोथिलो पारेर अव्यबस्थित ढंगले केही तार नभएको स्थानमा समेत काटिएको स्थानियले जनाउनु भएको छ ।