
पोखरा ३०, भदौ,
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा पोखराको सहारा क्लवले सहयोग गरेको छ । सहारा क्लवको २६ औं बार्षिकोत्सवको अवसरमा क्लवले आइतबार उक्त रकम बराबरको चेक मञ्चलाई सहयोग हस्तान्तरण गरेको हो ।
उक्त समारोहका प्रमुख अतिथी गण्डकी प्रदेशका समाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, क्लवका अध्यक्ष केशवराज बरालले संयुक्त रुपमा सो रकम बराबरको चेक मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गर्नु भएको हो । यस अघि मञ्च गण्डकीको उक्त अक्षयकोषमा निवर्तमान महासचिव विजय नेपालले ११ हजार १११ रुपैयाँ, पूर्व सल्लाहकार एवं अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले २५ हजार, अध्यक्ष दीननाथ बरालले १० हजार रुपैया सहयोग गर्नु भएको छ ।
मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको छ । बराल नेतृत्व टिमले आफ्नो कार्यकालमा करिब १० लाखको अक्षयकोष स्थापना गर्ने बताउदै आएको छ । हालसम्म उक्त कोषमा व्याज सहित एक लाख रुपैया जम्मा भएको मञ्चले जनाएको छ । मञ्चले उक्त अक्षयकोष संचालनको लागि छिट्टै कार्यविधि बनाउने भएको छ ।







