पोउवा संघको महाधिवेशन भदौ अन्तिम साता, नयाँ नेतृत्व चयन हुने

-


     पोखरा क्लिक     
     श्रावण १५ गते २०८१ मा प्रकाशित


पोखरा, १५ साउन

पोखरा उद्योग वाणिज्य संघको ७० औं वार्षिक साधारण सभा तथा ३५ औं अधिवेशनको मिति तय भएको छ । संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको संघको २६ औं कार्यसमिति बैठकले भदौ २८ र २९ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनअन्तर्गत भदौ २९ गते हुने निर्वाचन कार्यक्रमको लागि पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठलाई निर्वाचन संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। निजी क्षेत्रको प्रतिनिधिमूलक एवं पोखराको जेठो सामाजिक संस्थाको रुपमा परिचित संघको महाधिवेशन घोषणासँगै चुनावी माहौल सुरु भएको छ ।