अपडेटः पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा र छोराको ज्यान गयो

-


     पोखरा क्लिक     
     श्रावण १४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १४, साउन,

पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा र छोराको ज्यान गएको छ । पोखरा पार्दीविरौटाको एलपी देवकोटा मेमोरियल स्कुलको बस पोखरा २१ को मट्टिखान नजिक गिङ्कुको भिरबाट पल्टना पुग्दा बिद्यालयकी कर्मचारी पोखरा २१ रामदीकी ३३ बर्षकी आरती विक र उहाँको ६ बर्षको छोरा प्रिन्स बि.क.को उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।

उहाँहरुको शव हाल पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । बस दुर्घटनामा परी बस चालक पोखरा १७ का ५५ बर्षका टेक बहादुर भुजेल सहित २८ जना घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले बताउनु भयो । उहाँका अनुसार बस दुर्घटनामा परी २२ जना एलपी देवकोटाका बिद्यार्थी सहित २८ जना अन्य घाइते हुनु भएको छ । घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भई रहेको पोखरा २१ का वडा अध्यक्ष दीपक प्रसाद सुवेदीले बताउनु भयो । उक्त बसमा केही अभिभावक, केही अन्य बिद्यालयका समेत बिद्यार्थी आउनु भएको थियो । अधिकांश घाइतेहरुको अबस्था मध्य तथा केहीको सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

आज बिहान करिब ८ः५५ बजे बस दुर्घटनामा पर्दा सडकबाट करिब ५० मिटर तल बस पुगेको स्थानियले बताउनु भयो । ग १ क ६२१९ नम्बरको बस पल्टन साथ उहाँहरुको प्रहरी र स्थानियको सहायताबाट घाइतेहरुको उद्धार गरिएको कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताउनु भयो । गण्डकी मेडिकल कलेजमा १३ जनाको उपचार भई रहेको छ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) पोखरामा १२ र मणिपाल शिक्षण अस्पतालमा ३ जनाको उपचार भई रहेको प्रहरीले जनाएको छ ।

स्कूल बस दुर्घटनाहुँदा ३० जना सवार मध्ये१ जनाको मृत्यु २९ जना घाईते:-

मिति २०८१।०४।१४ गते अं.०८:५५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२१ गुड्कु स्थित भित्री सडक खण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको पोखरा १७ बिरौटा स्थितमा रहेकोL.P.देवकोटा मेमोरियल ईङलिस बोडिङ स्कूलको ग १ क ६२१९ नं.को बसअनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्न जांदा चालक तथा बिद्यार्थी सहित ३० जना घाईते भई उपचारको लागी पोखरा पठाएको,उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक मोहन कुमार थापाको कमाण्डमा५५ जनाको प्रहरी टोली खटिई गई उद्दार कार्य गरेको ।

गण्डकी मेडिकल कलेजमा उपचाररत घाईतेहरु :-

१) जिल्ला कास्की पोखरा म.न.पा. २१ कृष्ती बस्ने वर्ष ९ को अनमोल बि.क., अबस्था मध्यम ।

२) ऐ.ऐ. बस्ने बर्ष ५ को रोशन बराल, अबस्था मध्यम ।

३) ऐ.ऐ. रामदी बस्ने बर्ष १४ को दिप्सन कार्की, अबस्था मध्यम ।

४) ऐ.ऐ. बस्ने बर्ष ६ को योना गुरुङ, अबस्था मध्यम ।

५) ऐ.ऐ. बस्ने बर्ष १३ की डिना गुरुङ, अबस्था सामान्य ।

६) ऐ.ऐ. बस्ने बर्ष १५ की प्रकृती कार्की, अबस्था मध्यम ।

७) ऐ.ऐ. एकहाते बस्ने बर्ष ६ को प्रिन्स राना, अबस्था सामान्य ।

८) ऐ.ऐ. रामदी बस्ने बर्ष ७ की चिजा बि.क., अबस्था सामन्य ।

९) ऐ.ऐ. बस्ने बर्ष ९ को प्रवेश कार्की, अबस्था मध्यम ।

१०) ऐ.ऐ. बस्ने बर्ष १२ की विसिका पौडेल, अबस्था मध्यम ।

११) ऐ.ऐ. बस्ने बर्ष ११ को बिश्वास पौडेल, अबस्था सामान्य ।

१२) ऐ.ऐ. बस्ने अं. बर्ष ६ को प्रिन्स बि.क., को उपचारको क्रममा ‌ऐ. १०:४५ बजे चिकित्सकद्वारा मृत घोषणा गरेको ।

१३) ऐ.ऐ. एकहाते बस्ने बर्ष १२ की सिम्रन बि.क., अबस्था मध्यम ।

१४) ऐ.ऐ. रामदी बस्ने बर्ष ११ को विवश खत्री, अबस्था मध्यम ।

१५) ऐ.ऐ. बस्ने वर्ष ३३ की आरती बि.क., ऐ.०९:४१ बजे चिकित्सकद्वारा मृत घोषणा (सोही विद्यालयको कार्यालय सहयोगी) ।

पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाईतेहरु:-

१)जिल्ला कास्की पोखरा म.न.पा. २१ बस्ने बर्ष ८ की अनन्या पौडेल, अबस्था मध्यम ।

२) ऐ.ऐ. बस्ने बर्ष ३ की सिमन मगर, अबस्था मध्यम ।

३) ऐ.ऐ. बस्ने बर्ष ३ को न्युजन मगर,अबस्था मध्यम ।

४) ऐ.ऐ. बस्ने बर्ष ७ को रिजन मगर, अबस्था मध्यम ।

५) ऐ.ऐ. बस्ने बर्ष १२ को रामकृष्ण नेपाली, अबस्था मध्यम ।

६) ऐ.ऐ. बस्ने बर्ष २ को अंकित खत्री, अबस्था मध्यम ।

७) ऐ.ऐ. बस्ने बर्ष १४ की सितादेवी बि.क.,अबस्था मध्यम (निज छोरेपाटन सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थी)।

८) ऐ.ऐ. बस्ने बर्ष ७ को अस्मित बि.क., अबस्था मध्यम ।

९) ऐ.ऐ. बस्ने बर्ष ३० की सुमित्रा सुनार,अबस्था मध्यम (निज बच्चाको फि तिर्न आएकी अविभावक) ।

१०) ऐ.ऐ. बस्ने बर्ष २ को निर्दोष सुनार, अबस्था मध्यम ।

११) ऐ.ऐ. बस्ने बर्ष ३० की सपना आले, अबस्था मध्यम, (शिक्षक) ।

१२) ऐ.ऐ. बस्ने बर्ष ११ को निश्चल सुनार, अबस्था मध्यम ।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाईतेहरु:-

१) जिल्ला कास्की पोखरा म.न.पा. १७ बिरौटा बस्ने बर्ष ५५ को टेक बहादुर भुजेल, अबस्था मध्यम, (बस चालक) ।

२) ऐ.ऐ. २१ रामदी बस्ने बर्ष ८ को निशान सुनार, अबस्था समान्य ।

३) ऐ.ऐ. बस्ने बर्ष ५ को सागर थापा, अबस्था मध्यम ।