
पोखरा,
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई गोर्खा हिल क्यास एण्ड क्यारीले साथ दिएको छ । यूकेमा रहेको क्यास एण्ड क्यारीका सञ्चालक चन्द्रबहादुर गुरुङ र शान्ता गुरुङले १० औंं पोखरा स्पोर्टस अवार्डका लागि २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष, सहारा यूकेका सल्लाहकार र सहारा क्लब, पोखराका सदस्य समेत रहेका चन्द्रबहादुर गुरुङले नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्थामगरलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
यूकेमा रहेर पनि समाजसेवामा सक्रिय गुरुङले खेलाडीहरुको खेलाडी र खेल क्षेत्रमा लागेको ब्याक्तित्वहरुको योगदानको आधारमा सम्मानका लागि अयोजना गरिएको अवार्डमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए । आगामी दिनमा पनि सहयोग गर्दै जाने उनको प्रतिवद्धता थियो । गुरुङ दम्पतिले नेपाल भएका ठूला विपद भूकम्प, बाढी, पहिरो, नाकाबन्दी, कोरोनाका समयमा सहयोग गर्दै आएका छन् । असहाय, अनाथ र गरिब विद्यार्थीहरुको शिक्षा, स्वास्थ्य र पालनपोषणमा पनि गुरुङ दम्पतिले साथ दिदैं आएका छन् ।
आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छभने स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेको छ ।
अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, होटल क्राउन प्लाजा काठमाण्डौ, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ ९हङकङ०, पोखरा एभेन्जर्स, टाइगर ग्रुप अफ पोखरा, तमु धिँ युके, रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।
त्यसैगरी सहयोगीहरुमा सहारा क्लब पोखरा, सहारा युके, सहारा हङकङ, पोखरा महानगरपालिका वडा नं १ , वडा नं ३, वडा नं ९, वडा नं १० र वडा नं १५, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, भूतपूर्व खेलाडी मञ्च, कास्की जिल्ला तेक्वान्दो संघ, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया, प्रेमकाजी गुरुङ अष्टे«लिया, राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि ९राइनो क्याफे एण्ड शवार्मा स्टेशन०, शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, दीपक बहादुर थापा ९पूर्व वडा सदस्य पो।म।न।पा। १०० लामा कलेक्सन न्यूरोड पोखरा, प्रेम पुन ९पुन फोटोग्राफी०, हेम्जाकोट होमस्टे कास्की रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए ।



