पोखरामा व्यक्तित्व तथा व्यवसाय पूर्वाधार सम्बन्धी कार्यक्रम सम्पन्न

-


     पोखरा क्लिक     
     चैत्र ७ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखरामा व्यक्तित्व एवं व्यवसाय पूर्वाधार विकासका लागि एक दीने गोष्ठी सम्पन्न भएको छ। कास्की जिल्ला व्यूटि पार्लर एशोसियसनको आयोजना तथा ओटरिया नेपालद्वारा समन्वयमा शनिबार व्यूटि पार्लरहरुको लागि उक्त गोष्ठी आयोजना गरिएको हो । कुनै पनि व्यवसाय सुरु गर्दा सपना देख्नुका साथै कडा मेहनत आवश्यक हुने र त्यसका लागि व्यवसायीक व्यक्तित्वको महत्वपूर्ण भूमिका रहने विषयमा जोड दिइएको थियो। सो अवसरमा ओटरिया नेपालका गौरव श्रेष्ठ र दिनेश शर्माले व्यक्तित्व विकास तथा व्यवसायसम्बन्धी अभिमुखीकरण दिएका थिए ।

पूर्वी नेपालमा व्यूटी पार्लर सञ्चालन गर्दै आएकी विजु वैनी श्रेष्ठले ओटरिया नेपालका उत्पादन प्रयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन्। कार्यक्रममा म्याग्दी, बेनी, स्याङ्जा लगायत पोखरा र लेखनाथ क्षेत्रका व्यूटीसियनहरुको सहभागिता रहेको थियो। एरोसियसन पोखराकी सचिव शिशिर गोदारले कार्यक्रमबारे जानकारी दिएकी थिइन् । उक्त कार्यक्रममा ओटरिया नेपाल, लक्ष्मी नारायण कम्पनी इटहरी, व्यूटी पार्लर एशोसियसन लेखनाथ, स्याङ्जा, म्याग्दी तथा गण्डकी प्रदेशका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। एशोसियसन कास्कीका अध्यक्ष छाया ढकालले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरेकी हुन् ।