२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई, यस बर्ष व्यबस्थापनमा हम्मेहम्मे (भिडियो सहित)

-


     पोखरा क्लिक     
     फागुन २ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २, फागुन,

पोखरामा आज (शनिबार) सम्पन्न २०औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरियूकी वाहोमले जित्नु भएको छ । गत वर्षका उपविजेता जुलियसले ४२.१९५ किलोमिटर दूरी २ घण्टा २३ मिनेट ३९ सेकेण्डमा पूरा गरी उपाधि सहित नगद ४ लाख रुपैया हात पार्न सफल हुनु भयो ।

त्यसै गरी प्रतियोगितामा नेपाल (डिटुङ) का गजेन्द्र राईले निर्धारित दुरी २ घण्टा २४ मिनेट ४७ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो हुनु भयो । उहाँले नगद २ लाख र मेडल प्राप्त गर्नुभयो । धादिङका हरिकुमार रिमालले निर्धारित दुरी २ घण्टा २७ मिनेट १८ सेकेण्डमा पार गर्दै तेस्रो हुँदै नगद रु १ लाख रुपैयाको साथमा मेडल हात पार्न सफल हुनुभयो । नेपाल तर्फको म्याराथनमा गजेन्द्र राई प्रथम, हरिकुमार रिमाल दोस्रो र करण रावल तेस्रो बन्न सफल हुनुभयो। उहाँहरूले क्रमशः नगद रु १ लाख, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गर्नु भएको छ ।

त्यसै गरी गण्डकी प्रदेशतर्फ पर्वतका सुवास गुरुङ प्रथम, गोर्खाका निरोज भट्ट क्षेत्री दोस्रो र स्याङजाका धनु मानन्धर तेस्रो हुनुभयो। उहाँहरूले क्रमशः रु ५० हजार, ३० हजार र २० हजार नगद प्राप्त गर्नुभयो। ४५ वर्षमाथिको भेट्रान म्याराथनतर्फ राइवतबहादुर दाहाल प्रथम, सुशीलकुमार श्रेष्ठ दोस्रो र चेतनाथ चालिसे तेस्रो हुनुभयो। उहाँहरूले क्रमशः रु २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । २१ किलोमिटर दौड पुरुषतर्फ सञ्जय श्रेष्ठ प्रथम, नगेन्द्रसिंह राउत दोस्रो र गौतम श्रेष्ठ तेस्रो हुनुभयो। महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम, निशा सार्की दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो हुनुभयो। दुवै विधामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ७५ हजार, ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो। हाफ म्याराथन (२१ किमी) कै ४५ वर्षमाथिको भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम, तेजबहादुर गुरुङ दोस्रो र कमल गुरुङ तेस्रो हुनुभयो। त्यसै गरी १० किलोमिटर दौडमा पुरुषतर्फ नागेश्वर अहिर प्रथम, उमेश विष्ट दोस्रो र महेन्द्रबहादुर बोगटी तेस्रो हुनुभयो। महिलातर्फ दीपा परियार प्रथम, सुमित्रा कुमारी चौधरी दोस्रो र नारायणी भण्डारी तेस्रो हुनुभयो। उहाँहरूले क्रमशः रु ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो।

त्यस्तै ५ किलोमिटर दौड छात्रतर्फ रोसनकुमार माझी प्रथम, रुपेशकुमार माझी दोस्रो र सगुन लामिछाने तेस्रो हुनुभयो। सोहि इभेण्टमा छात्रातर्फ एञ्जिला जिटी प्रथम, साधना परियार दोस्रो र अनुषा बुढा तेस्रो हुनुभयो। १७ बर्षदेखि ४९ बर्ष उमेर समुहको खुल्ला पुरुषतर्फ सन्तोषनाथ योगी प्रथम, बादल कार्की दोस्रो र तुलबहादुर झेण्डी तेस्रो हुनुभयो। सोहि इभेण्टमा खुल्ला महिलातर्फ टीका खड्का प्रथम, दृष्टि आले दोस्रो र पूर्णकाश गुरुङ तेस्रो हुनुभयो। ५० बर्ष माथि ५ किमी दौडमा पुरुषतर्फ राजु भण्डारी प्रथम, किशोर थापा दोस्रो र आईलाल शाही तेस्रो हुनुभयो। ४५ बर्ष माथि महिलातर्फ टोलमाया थापा प्रथम, जगनसुबा गुरुङ दोस्रो र विष्णु ठकुरी तेस्रो हुनुभयो।

त्यस्तै कर्पोरेट पुरुषतर्फ सुशान थापा प्रथम, दीवेश रिजाल दोस्रो र राजु गुरुङ तेस्रो हुनुभयो । कर्पोरेट महिलातर्फ पवित्रा सुवेदी प्रथम, खड्कदेवी बास्तोला दोस्रो र विनुता पाण्डे तेस्रो हुनुभयो । ५ किलोमिटर र भेट्रानतर्फ विजेता हुने प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले जनही क्रमशः रु १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो। यस वर्षको म्याराथनमा २१ देशका ३ हजार ५ सय ६ जना धावक सहभागि भएको नेपाल भूतपूवृ खेलाडी मञ्चले जनाएको छ । प्रतियोगिताले पोखरालाई खेलकुद पर्यटन प्रबद्र्धनमा टेवा पुगेको मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जनाउनु भयो । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, सहारा क्लव, यूकेका अध्यक्ष शारदा गुरुङ, मञ्चका पूर्व अध्यक्षहरु खडग बहादुर रानाभाट, तेज बहादुर गुरुङ, हरि पराजुली, लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।