गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ ः मन्त्रीथापा

-


     पोखरा क्लिक     
     माघ १५ गते २०८२ मा प्रकाशित


पोखरा,

गण्डकी प्रदेशका सामाजिकविकास, युवातथा खेलकुदमन्त्रीविन्दु कुमार थापाले गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्यनिर्भर रहेको बताएका छन् । मन्त्रालयअन्तर्गत शिक्षाविकास महाशाखाद्वारा आयोजितप्रदेशस्तरीय शिक्षकतथाविद्यार्थी प्रतिभापहिचानकार्यक्रमउनले यस्तो बताएकाहुन् ।

मन्त्रीथापाले शिक्षा नै समृद्ध समाजनिर्माणको मूलआधार भएको उल्लेख गरे । उनले गण्डकी प्रदेश सरकारले शिक्षालाई दीर्घकालीन सामाजिक रूपान्तरणको मुख्यआधारका रूपमालिँदै गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामा निरन्तर प्राथमिकतादिँदै आएको बताएका छन् । मन्त्रीथापाले शिक्षक र विद्यार्थीको प्रतिभापहिचान, क्षमताविकास र प्रोत्साहननगरी शिक्षा क्षेत्रमा अपेक्षित परिवर्तन सम्भव नहुने बताउँदै भने, “प्रतिभापहिचानकार्यक्रमले शिक्षक र विद्यार्थीभित्र रहेको सिर्जनशीलता, नवप्रवर्तन र नेतृत्वक्षमतालाई उजागर गर्छ । यसले शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धी र जिम्मेवार नागरिक उत्पादनमा सहयोग पु¥याउँछ ।” उनले शिक्षाको उज्यालो बाटोबाटै प्रदेश र राष्ट्रको भविष्यउज्यालो बनाउने प्रदेश सरकारको संकल्पअझ दृढ हुँदै गएको उल्लेख गरे । शिक्षक, विद्यार्थी, अभिभावकतथाशिक्षा क्षेत्रमाक्रियाशील सबै सरोकारवालाको सक्रिय सहभागिताबिना शैक्षिक सुधार सम्भव नहुने बताउँदै मन्त्रीथापाले सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

मन्त्रीथापाले प्रदेश सरकारले शिक्षा क्षेत्रमाआवश्यकनीति, कार्यक्रम र बजेट व्यवस्थापनमार्फत गुणस्तर सुधारमा निरन्तर काम गरिरहेको जानकारी गराए । आगामीदिनमाप्रविधिमैत्रीशिक्षा, सीपमूलकतथाव्यवहारिक शिक्षालाई जोड दिँदै स्थानीयआवश्यकताअनुसारका शैक्षिककार्यक्रम सञ्चालन गरिने भनाई उनको छ । कार्यक्रममा सहभागीशिक्षकतथाविद्यार्थीहरूले यस्ता प्रतिभापहिचानकार्यक्रमले आफूहरूको क्षमतापहिचान, आत्मविश्वास वृद्धि र सिर्जनशीलअभ्यासमा सहयोग पुगेको अनुभवव्यक्त गरे । उनीहरूले प्रदेश सरकारबाट निरन्तर यस्ता कार्यक्रम सञ्चालनहुनुपर्ने सुझावपनिदिएका छन् । प्रदेशस्तरीय शिक्षकतथाविद्यार्थी प्रतिभापहिचानकार्यक्रमले शिक्षाक्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै गुणस्तरीय शिक्षाकालागि सामूहिकप्रयासको आवश्यकताऔंल्याएको सरोकारवालाहरूको भनाइ छ । यस कार्यक्रमले गण्डकी प्रदेशमाशिक्षाको गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।