पोखरामा पनि टिभिएसका नयाँ दुई बाइक सार्वजनिक

-


     पोखरा क्लिक     
     मंसिर ९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ९, मंसिर,

पोखरामा पनि टिभिएसका नयाँ दुई बाइक सार्वजनिक गरिएको छ । जगदम्बा मोटर्सको यस क्षेत्रको आधिकारिक विक्रेता स्क्वायर मोटर्स प्राइभेट लिमिटेडमा नयाँ टीभीएस अपाचे आरटिआर १६० टु भी एफआइबि ५६ र टिभिएस राइडर आइजीओ मोटरसाइकल मंगलबार सार्वजनिक गरेको हो ।

स्क्वायर मोटरर्सका निर्देशक विनोद पोटेले उक्त बाइकको मंगलबार सार्वजनिक गर्दै उक्त बाइक नेपाली बजारको माग अनुसार बजारमा आएको बताउनु भयो । बुलेट एडिशनको युरोपेली प्रेरणामा निर्मित यो नयाँ संस्करणमा फ्यूल इन्जेक्सन प्रविधि प्रयोग गरिएको उहाँले जनाउनु भयो । जसले दमदार पावर, उत्कृष्ट माइलेज र प्रिमियम स्पोर्टी लुक प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

यसका प्रमुख विशेषतामा आधुनिक क्षमतायुक्त इन्जिन, उच्च दक्षता दिने इन्धन प्रणाली, एरोडाइनामिक तथा आक्रामक युरोपेली डिजाइन, आफ्नै सेग्मेन्टमा ‘जीवनभरको वारेन्टी’, र रेस–ट्युन सस्पेन्सन, डिजिटल कन्सोल तथा राइड मोड्स जस्ता उन्नत फिचरहरू सामेल गरिएको स्क्वायर मोटर्स पोखराका म्यानेजर सन्तोस पोखरेलले पोखराक्लिकलाई बताउनु भयो । नयाँ पुस्ताका राइडरलाई लक्षित गर्दै सार्वजनिक गरिएको दुई मोडेल स्टाइल, परफर्मेन्स र स्मार्ट–फिचरहरूको मिश्रणका रूपमा प्रस्तुत गरिएको छ ।

आधिकारीक जानकारीका लागि नजिकको टिभिएस शोरुममा सम्पर्क गर्न आग्रह गरिएको छ । मोटरसाइलको मूल्य ३ लाख ९ हजार ९०० र ३ लाख ४७ हजार ९९ रुपैयाँ रहेको छ ।