पोखरामा पनि हरि बोधनी एकादशी धुमधामका साथ मनाईयो(भिडियो सहित)

-


     पोखरा क्लिक     
     कार्तिक १५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १५, कात्तिक,

पोखरामा पनि आज (शनिबार) हरिबोधनी एकादशी पर्व धुमधामका साथ मनाइएको छ । भगवान बिष्णुका भक्तहरुले भजनकृतनको साथमा पोखरा रामघाटको तुल्सीघाटमा सेतीनदीमा स्नान सहित फुल तारेर, तुल्सीघाट किनारामा तुल्सी रोपेर पुजा आज गरी यो पर्व धुमधामका साथ मनाउनु भएको हो ।

पोखराको रामघाट तथा तुल्सीघाटमा भक्तजनहरुको विहानै देखि भिडभाड भएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिले पोखराक्लिकलाई जनाएको छ । तुल्सीघाट जाने बाटोमा शिव लिङहरु हालै निर्माण भएकोले बिष्णुका भक्तहरुले दुध समेत चढाउनु भएको छ । पोखरा र पोखरा आसपासका भक्तजनहरु झाँकीमा भजनकृतको साथमा फुल सहित तुल्सी घाट पुग्नु भएको हो । पन्चे बाजाको साथमा केही स्थानमा भक्तजनहरु रमाउदै नाच्नु भएको थियो । तुल्सी घाट क्षेत्रमा यस बर्ष पक्की पुल समेत निर्माण भएकोले गर्दा फुल तार्ने भक्तजनहरुलाई धेरै सहज भएको पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनु भयो । १ सय ८ शिव लिङ्ग, गणेश मन्दिर, ५ वटा ढुंगे धारा, गार्डेन मर्मत लगायतको संरचना निर्माणमा पोखरा महानगरपालिकाले सहयोग गरेको उहाँले जनाउनु भयो ।

आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी यष पर्व देशै भरी मनाइएको छ । हरिशयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्ने पण्डित गणेश रेग्मीले बताउनु भयो । पोखरा र पोखरा आसपास सहित कास्कीका केही छिमेकी जिल्ला तनहुँ, स्याङजा, पर्वत लगायतका भक्तजनहरु समेत तुल्सी घाटमा आउनु भएको छ ।