जनप्रिय बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को नाम दुरुपयोग नगर्न चेतावनी

-


     पोखरा क्लिक     
     फागुन २९ गते २०८१ मा प्रकाशित


पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को नाम दुरुपयोग नगर्न चेतावनी दिइएको छ । यही चैत्र ५ गते संचालन हुने स्ववियु निर्वाचन जित्ने दाउ मा जनप्रिय बहुमुखी क्याम्पस मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) ले अखिल क्रान्तिकारी को नाम दुरुपयोग गरिरहेको अखिल कान्तिकारीको आरोप छ ।
निर्वाचन आयोगले गरेको आचार संहिता बिपरित कार्यको बिरुद्द अखिल क्रान्तिकारी रिट दायर को लागी कानुनि निति सहित अदालत जाने तयारी थालेको अखिल (क्रान्तिकारी ) केन्द्रीय सचिवालय सदस्य एबम अखिल (क्रान्तिकारी ) जनप्रिय बहुमुखि क्याम्पस स्ववियु कमान्डर सरण सिंह बिश्वकर्माले जानकारी दिनुभयो ।
अखिल क्रान्तिकारीले क्याम्पस प्रमुखको कार्यालयमा तालावन्दी समेत गरेको छ ।