पोखरा देखि काठमाण्डौं न्यारोवडि जहाजको सफल परिक्षण, चिनबाट आएको सिचुवान विमानले गर्यो पोखराको प्रवद्र्धनात्मक उडान

-


     पोखरा क्लिक     
     पौष ११ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ११, पुष,

पोखरामा करिब २२ अर्बको ऋण लगानीमा विगत दुई बर्ष अघि निर्माण कार्य सम्पन्न भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित हवाई उडान हुन नसकेको अबस्थामा विहिबार भने पोखरा देखि काठमाण्डौं रुटमा न्यारो बडि जहाजले सफल परिक्षण गरेको छ । चीनको छेङ्दुबाट सिचुवान विमानले अन्तराष्ट्रिय ड्रागन वोर्ट रेसका लागि खेलाडी सहितका अपिसियलहरुलाई चिनबाट पोखरा ल्याएको केही मिनेटमै पोखरा देखि काठमाण्डौं उडान गरेको थियो ।

चिनबाट पोखरा आउदा १ सय २९ जना यात्रु ल्याएको उक्त विमानले पोखरा देखि काठमाण्डौं रुटमा भने १ सय २६ जना यात्रु प्रवद्र्धनात्मक उडानको रुपमा लगेको हो । सिचुवान एयरको बी ६४४५ नम्बरको विमान पोखरामा आज (विहिबार) चार्टर्ड उडान गरेसंगै पोखरा काठमाण्डौं रुटमा उक्त जहाजले प्रवद्र्धनात्मक उडान गरेको हो ।

चिनको छेङ्दुबाट करिब ३ घण्टा १५ मिनेटमा १ सय २९ यात्रु सहित पोखरा आएको उक्त विमान बिहान करिब ११ः१५ बजे पोखराबाट काठमाण्डौं उडान गरेको थियो । उक्त विमानमा पोखराका पर्यटन व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा संचारकर्मीहरु सवार हुनु भएको थियो । विहिबार भएको न्यारोवडि जहाजको प्रबद्र्धनात्मक उडानले पोखराबाट अन्तराष्ट्रिय हवाई उडान गर्न कुनै समस्या नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताउनुभयो । उहाँले भन्नुभयो“ पोखरा जाँदा होस वा पोखराबाटै काठमाडौं आउँदा होस जहाज भरिभराउ गरेर ल्याए पछि अब त पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणमा कुनै समस्या छैन होला नी अब बिज्नेस गर्न तर्फ सबै एक हुनु पर्यो, हामीले के गर्नु पर्छ गर्न तयार छौं ।”

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा ग्राण्ड होल्डिङ समस्या छ यहाँ यात्रु सहित न्यारोवडि जहाज उडान गर्न कठिन हुन्छ भन्ने भ्रमलाई सिचुवानको विमानले तोडेको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । पोखरा काठमाण्डौ रुटमा भएको उक्त प्रबद्र्धनात्मक हवाई उडानले एक प्रकारको सकरात्मक सन्देस दिएको परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । पोखराबाट न्यरोवडिका जहाजहरुले अन्तरािष्ट्रय हवाई उडान गर्न सक्ने उदाहरण पेस भएकोले पोखरामा पर्यटनको धेरै सम्भावना भएकोले यहाँबाट अब नियमित अन्तराष्ट्रिय हवाइ उडान हुनै पर्ने उहाँले माग गर्नु भयो ।

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले क्यानको टोली सहित गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल सहित अन्य सहभागि भएको पोखरा काठमाण्डौंको प्रर्बद्धानात्मक हवाई उडानले विभिन्न एयरलाइन्स कम्पनीलाई बाटो खुलेकोे दाबी गर्नु भयो । पोखरा अन्तराष्ट्रिय विमानस्थल करिब दुई बर्ष अघि देखि संचालनमा आए पनि नियमित रुपमा अन्तराष्ट्रिय हवाई उडान भने हुन सकेको छैन ।

यसैबिच, गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखरामा विहिबार भएको प्रर्बद्धनात्मक उडानले विमानस्थलमा रहेका केही समस्या र मत भेदको अन्त्य गर्ने बताउनु भयो । पोखरा अन्तराष्ट्रिय विमानस्थल सबै हिसावले अब अन्तराष्ट्रिय हवाई उडान गर्न सक्षम भएको उहाँले जनाउनु भयो ।


काठमाण्डौं अन्तराष्ट्रिय विमानस्थलमा विहिबार आयोजित छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदिप अधिकारीले पोखरामा अब कुनै प्राविधिक समस्या नभएको दाबी गर्नु भयो । पोखरा देखि अन्तराष्ट्रिय हवाई उडान गर्न आफुहरुले पनि पहल गर्ने र यसमा निजी तथा पर्यटन व्यवसायीहरुले पनि यस्तै प्रर्बद्धानात्मक कार्यक्रम नेपाल देखि नजिकका देशमा गर्न उनले सुझाव दिनुभयो ।