
दीननाथ बराल,
पोखरा २६, जेठ,
पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको ५ किलोमिटर सडक दौडमा छात्र तर्फ इन्द्र राज्य लक्ष्मी मा.वि.का सम्राट चौधरी प्रथम हुनु भएको छ । पोखरा यूनाईटेड एकेडेमीको ४ दिने अन्तर बिद्यालय एस.ई.ई. खेलकुद प्रतियोगिता अन्र्तगत पहिलो दिन शनिबार भएको ५ किलोमिटर सडक दौडमा चौधरीले निर्धारित दुरी २० मिनेट २ सेकेण्डमा पार गर्नु भएको हो ।

त्यसै गरी कास्की मोडनाइज एकेडेमीका प्रमोद थापा दोश्रो हुनु भएको छ । थापाले भने २० मिनेट २४ सेकेण्डमा उक्त दुरी पार गर्नु भएको हो ।

त्यसै गरी छात्रा तर्फको ५ किलोमिटर सडक दौडमा लमजुङ, मध्य नेपाल नगरपालिका स्थित पश्चिम भुमि मा.वि.का कुस्मिता भुजेल प्रथम हुनु भएको छ । उहाँले निर्धारित दुरी २८ मिनेट २६ सेकेण्डमा पार गर्नु भयो । पोखरा यूनाइटेड एकेडेमीकी अम्बिका पोख्रेलले निर्धारित दुरी ३८ मिनेटमा पार गर्दै दोश्रो हुनु भयो ।

बिद्यालय परिसर भद्रकालि मार्गबाट सुरु भएको उक्त दौड संगमटोल गौडाकोमुख, बिजि हस्पिटल हुँदै रानीपौवा, पोखरा नर्सिङ चोक हुदै कुडहर लाली गुराँस हुँदै बिद्यालयमा आएर टुंगिएको बिद्यालयका शिक्षक फणिन्द्रराज पौडेलले बताउनु भयो ।

प्रतियोगितामा विजेता छात्र तथा छात्रालाई जनही ५ हजार, दोश्रो हुनेलाई जनही ३ हजार र तेश्रो हुनेलाई जनही २ हजारको साथमा मेडल प्रमाण पत्र वितरण गरिएको बिद्यालयका सह प्रध्यानाध्यापक देवेन्द्र अधिकारीले जनाउनु भयो ।
उक्त प्रतियोगिताको शनिबार एक समारोहका बिच एथ्लेटिक्स संघ गण्डकीका अध्यक्ष एवं पूर्व खेलाडी हरि बरूवालले उद्घाटन गर्दै बिद्यालयमा शिक्षासंगै खेलकुद अनिवार्य भएको बताउनु भयो ।

बिद्यालयले शिक्षासंगै खेलकुदको समेत विकास गराउने उद्धेश्यले विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको बिद्यालयका प्रिन्सिपल बयान बहादुर गोदारले जनाउनु भयो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिव बहादुर भण्डारीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।
