
नेपाल निजामती कर्मचारी युनियन कास्की र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ९नेल्टा० कास्कीको संयुक्त आयोजनामा पशु स्वास्थ्य शिविर तथा निशुल्क औषधी वितरण मादी गाउँपालिका वडा नं १ सिक्लेस कास्कीमा सम्पन्न गरेको छ । मंगलबार गणतन्त्र दिवसको अवसर पारेर संचालन गरिएको सो कार्यक्रममा सिक्लेसमा रहेका करिब २ सय जना किसानका २ हजार पशुपन्छीलाई २ लाख बराबरको औषधी निशुल्क वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोदक्त बरालले किसानका लागि यस्ता कार्यक्रम निकै प्रभावकारी हुने गरेको बताउनुभयो । उहाँले किसानका निम्ति कृषि र पशुधनको व्यवसायीक फार्मिङका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो । कास्कीमा रहेका किसानहरुको आवश्यकतालाई मध्यनजर गर्दै यस खालका कार्यक्रमहरु संचालन गर्दै आएको नेल्टा कास्कीका अध्यक्ष बसन्तराज कोइरालाले बताउनुभयो । भावीदिनमा समेत किसानहरुको स्तरन्नोती हुने कार्यक्रम ल्याउने उहाँको प्रतिबद्धता थियो ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं प्रचारप्रसार प्रमुख रमेश पौडेल, नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुवँर, सचिव देवेन्द्र रानाभाट, सहसचिवद्व्य नविन सिग्देल र शंकर ढुंगाना, सदस्य सुरेन्द्र ढुंगाना लगायत निजामति युनियन कास्की र नेल्टा कास्कीका कर्मचारीहरु एवं सिक्लेसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा धन्यवाद मन्तव्य युनियन कास्कीका सचिव सुमन शर्माले गर्नुभएको थियो ।