दीननाथ बराल
पोखरा ४, फागुन,
पोखराका लागि दौंडौं, स्वास्थ्यका लागि दौडौं भन्ने नाराका साथ १८ औं सिरिजको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा शनिबार बिहान ठि ७ः०० बजे हजारौं धावकहरु पोखरामा दोडनु हुने भएको छ । ४२ किलोमिटरको म्यराथन विन्नि दौड सहित रन फर फनको लागि शनिबार बिहान ठिक ७ः०० बजे पोखरा रंगशालाबाट धावकहरु दोडने अन्तिम तयारी भएको नेपाल भुतपुर्व खेलाडी मञ्चले जनाएको छ ।
उक्त प्रतियोगितामा नेपाल सहित १४ देशका करिब २ हजार जना महिला तथा पुरुष धावकहरू सहभागी हुने भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखराक्लिकलाई बताउनु भयो । प्रतियोगितामा नेपाल बाहेक अमेरीका, वेलायत, भारत, चिन, केन्या, जर्मन, पोल्याण्ड सहितका १३ देशका ३१ जना धावकहरू सहभागी हुने भएको मञ्चले जनाएको छ । म्याराथन सहित ७ बिधामा करिब २ हजार जना दौडने भए पनि रन फर रनमा सहित गर्दा ९ हजार जना शनिवार पोखरामा दौडने भएको मञ्चले दाबी गरेको छ ।
म्यारथन तर्फ १०८ जना, हाप म्याराथनमा १७ जना महिला धावक सहभागी हुँदै हुनुहुन्छ भने ५ किलोमिटर छात्र तर्फ ९ सय ९०, छात्रा तर्फ ४ सय ८६ जना सहभागी हुँदै हुनुहुन्छ । १० किलोमिटर दौडमा पुरुष तर्फ १ सय २९ जना महिला तर्फ भने २९ जना, त्यसै गरी भट्रान्स महिला तर्फ १० र पुरुष तर्फ १९ जना सहभागि हुने र रन फर रनमा ७÷८ हजार जना सहभागी हुने मञ्चले जनाएको छ ।
अध्यक्ष पराजुलीले यस बर्ष म्याराथनको रूट परिवर्तन गरि पोखराको कोर सिटि १७ र फेवाताल सहित माछापुच्छ्रेको प्रतिविम्बमा २५ किलोमिटर दौडको रूट निर्धारण गरिएको बताउनु भयो । पोखरा रंगशालाबाट सुरू भई कदममार्ग, रानीपौवा,फुलवारी, पृथ्वीनारायण क्याम्पस गेट, सिमपानी, विन्ध्यवासिनी मन्दिर, हल्लनचोक, खपौदी,पामे, ठुलाखेत , घाँटी छिना हुँदै पुनः लेकसाईडको हल्लनचोकमा आयर टुंगिने भएको छ । उक्त प्रतियोगिताकोे विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख, तेश्रोलाइ २ लाख र सान्त्वनाले चौथोले ३० हजार प्राप्त गर्ने छन । सुजल डेरीको मुख्य प्रायोजनामा हुने पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगर पालिकाले मुख्य रुपमा सहयोग गर्दै आइरहेका छन् । उक्त प्रतियोगिताको प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ । उक्त प्रतियोगिताका विजेताहरुलाई पुरस्कार मात्र १८ लाख १६ हजार खर्च हुने भएको मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले बताउनु भयो । अपाङगता भएकाहरूको ह्विलचियर र दृष्टिबिहिन दौड सम्पन्न भएको छ । खुला म्याराथन तर्फ गण्डकी प्रदेशका धावकहरूलाई प्रोत्सहान गर्न विजेतालाई ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
महिला हाप म्याराथन बिजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुहुने भएको छ । १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्नु हुने भएको छ । ५ किलोमिटर छात्र÷ छात्रा दौडमा बिजेतालाई समान १५÷१५ हजार, उपविजेताले समान १०÷१० हजार र तेस्रो हुनेले समान ७÷७ हजार प्राप्त गर्दै हुनु हुन्छ । प्रतियोगिता सम्पन्न गर्न १ करोड खर्च लाग्ने अनुमान गरिएको कोषाध्यक्ष महेश पौडेलले बताउनु भयो ।