
पोखरा, १२ माघ
राप्रपा नेपाल कास्कीले पोखरा महानगरपालिकाले २ सय प्रतिशतसम्म बृद्धि गरेको राजश्वको घोर विरोध गरेको छ । पोखरा महानगरपालिकाले २०८०।०८१ का लागि अनायास बढाएको राजश्व (घरजग्गा कर) कस्केली जनताको मर्म र भावना अनुकुल नभएको र विकास निर्माणमा समेत गुणस्तरहिन काम भएकोले उक्त कर बृद्धिको घोर भत्र्सना गरेको छ ।
राप्रपा नेपाल जिल्ला कार्य समिति कास्कीले शुक्रबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ज्ञापन पत्र बुझाउँदै देशमा चरम आर्थिकक मन्दी भएको र जनतालई हाम्रो सरकार छ भन्ने अनुभूति समेत नभइरेको अवस्थामा सोझा साझा विपन्न जनताहरुलाई २०० प्रतिशतभन्दा बढी राजश्व बृद्धि गरी जनताको ढाड सेक्ने परिपाटीको अन्त्य गरी चुल्हदो भ्रष्टाचार मुक्त राज्य र साविककै राजश्व कायम गराउनका माग गरिएको छ ।
राप्रपा नेपाल कास्कीका सचिव पं.गणेश अधिकारी र अध्यक्ष डा.दिपक सुवेदीद्वारा हस्ताक्षरित ज्ञापनपत्र मार्फत हाम्रो मागलाई वेवास्ता गरी बढाइएको कर तुरुन्त फिर्ता नगरिएमा राप्रपा नेपाल कास्की जस्तोसुकै थप दवावमूलक कार्यक्रम सहित शसक्त आन्दोलनमा जाान समेत तयार रहेको समेत ध्यानाकर्षण गराएको छ । उक्त अवसरमा पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।