माछापुच्छ्रे गाउँपालिकामा भलिबल प्रतियोगिता, २० टिम सहभागि हुने

-


     दीननाथ बराल    
     पौष २२ गते २०८० मा प्रकाशित


पोखरा २२, पुष

कास्कीको माछापुच्छ्रे«्रे गाउँपालिकामा यही पुषको २६ गतेदेखि सुरु हुने दोस्रो संस्करणको माछापुच्छ्रे« गाउँपालिका अध्यक्षकप गण्डकी प्रदेश स्तरीय अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा करिब २० टिमको सहभागिता हुने भएको छ । कास्कीको माछापुच्छ्रे«्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे« गाउँपालिका वडा नम्बर ३ घाचोकमा हुने उक्त प्रतियोगितामा प्रायः प्रदेशका पालिकाहरुको सहभागिता हुने भएको समितिले जनाएको छ ।

उक्त प्रतियोगितामा कास्कीका माछापुच्छ्रे«्रे गाउँपालिका सहित रुपा, मादी, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकाको सहभागिता हुने भएको छ भने त्यसै गरी तनहुँ, स्याङजा, नवलपुर, पर्वत, म्याग्दीबाट समेत टिमहरु सहभागि हुने भएको माछापुच्छ्रे«्रे गाउँपालिका खेलकुद विकास समितिका सचिव होम प्रसाद गुरुङले बताउनु भयो ।

नेपालको राष्ट्रिय खेलको प्रबद्र्धन गर्दै ग्रामिण पर्यटनको प्रबद्र्धन गर्न उक्त प्रतियोगितालाई निरन्तरता दिदै आएको गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले बताउनु भयो । उक्त प्रतियोगिताको पुरस्कार राषिमा यस बर्ष बृद्धि गरिएको छ । गत बर्षको तुलनामा विजेतालाई यस बर्ष एक लाख थप गरी ३ लाख नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिताको उपविजेतालाई भने २ लाख र सेमीफाइनलमा प्रबेश गरेका बाँकी दुई टिमलाई जनही ५०÷५० हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने भएको भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार त्यसै गरी विभिन्न विधागत तर्फ उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गर्ने भएको सामाजिक विकास समितिका संयोजक एवं माछापुच्छ्रे« ९ का वडाध्यक्ष हरी बहादुर क्षत्रीले बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख ८३ हजार रुपैयाँ खर्च हुने आयोजकले दाबी गरेको छ । भलिबल खेलको अतिरिक्त साँस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुतः हुने भएको प्रमुख प्रशासकिय अधिकृत गोपीकृष्ण अर्यालले बताउनु भयो ।

प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका कार्यालयको मुख्य सहयोग र वडा नम्बर ३ कार्यालयको समन्वय तथा माछापुच्छ्रे गाउँपालिका भलिवल संघको व्यवस्थापनमा सञ्चालन हुने भएको हो । पर्यटकीय गाँउको उक्त खेलले खेल पर्यटनमा प्रबद्र्धन गर्ने माछापुच्छ्रे« ८ का वडाध्यक्ष राम गुरुङ्गले बताउनु भयो ।