उद्घाटन खेलमा बागलुङ माथि कास्कीको शान्दार जित 

-


     सागर सुनार    
     पौष १९ गते २०८० मा प्रकाशित




पोखरा १९, पुष

घरेलु मैदानमा कास्कीले बागलुङ माथि शान्दार जित हासिल गरेको छ । प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरिय क्रिकेट छनौटको विहिबार पोखरामा भएको छनौट प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले बागलुङ माथि १५३ को बिशाल रनको अन्तरले पराजित गर्दै शान्दार जित हासिल गरेको हो ।

५० ओभर मध्य ४ ओभर घटाई ४६ ओभरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कास्कीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २ सय ६८ रन जोड्न सफल भयो । २ सय ६९ रनको लक्ष्य पाएको बागलुङले भने २४.१ ओभरमा अल आउट हुदाँ मात्र १ सय १५ रनमै समेटियो । कास्कीको जितमा मुस्कान थापाले ७४, विपिन खत्रीले ५० रन , रोहित चन्दले २९ को योगदान दिए । बागलुङका अश्विन थापाले ३८,रविन कार्कीले १५, सुवर्ण खड्काले १२ रन जोडे । कास्कीका कृष्ण पौडेलले ३, आदित्य थापा र विपिन खत्रीले समान २–२ विकेट लिए ।

खेलमा कास्कीका मुस्कान थापा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा ६ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुने अध्यक्ष सिग्देलले बताए । यही पौष २५ गते सम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा संचालन हुने छनौट प्रतियोगिताको एक समारोहका बिच गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गर्दै पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्नुपर्ने बताए । गण्डकी प्रदेशमा करण केसी जस्ता धेरै खेलाडी उत्पादन हुन आवश्यक भएको उहाँको भनाई थियो । नेपाली टिममा छनौट हुने गरी उत्कृष्ट प्रर्दशन गर्न प्रदेशका खेलाडीलाई सांसद बरालले अग्रिम शुभकामना दिए ।

गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, संघका निवर्तमान अध्यक्ष देवेन्सन प्रजु, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतको सहभागिता रहेको थियो ।