पृथ्बी राजमार्ग बसको अग्रिम टिकट घरमै बसेर बुकिङ गर्न सकिने

-


     पोखरा क्लिक     
     पौष १८ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा १८, पुस

पोखरा सहित नेपालको यातायात क्षेत्रमा ५ दशक आफ्नो यात्रा पूरा गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले यात्रुको सहजताको लागि घरमै बसेर अग्रिम टिकट बुकिङ गर्न सकिने व्यबस्था मिलाएको छ । समय अनुसार यात्रुलाई सहज र सरल सेवा सुविधा उपलब्ध गराउने उद्धेश्यले कम्पनीले आफ्नो बसहरुमा अनलाइनबाटै अग्रिम टिकट बुकिङ गर्न मिल्ने एप्प ल्याएको कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनु भयो ।

पृथ्वी बस डटकम डट एनपी (उचष्तजष्खष्दगक.अयm.लउ), पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.को मोबाईल एप्लीकेशन तथा बससेवा डटकम, (दगककभधब.अयm) बससेवाको मोबाईल एप्लीकेशन मार्फत सहजै घरमै बसेर पनि बसको टिकट काट्न सकिने व्याबस्था गरेको उहाँले जनाउनु भयो ।

आफुहरुले यात्रुलाई सहज ढंगले सेवा दिन र यात्रु तथा व्यवसायी बिच भाडामा वार्गेनीङ नै गर्न नपर्ने गरी समय अनुसारको सेवा सुरु गरेको अध्यक्ष केसीले बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनु भयो । हाल कम्पनीले रात्री बस सेवामा ईसेवा संचालन गरेकोले अब दिवा सहितका लागि बससेवा डटकमबाट पनि ईसेवाबाट आम उपभोक्ताले सेवा लिन सक्ने उहाँले बताउनु भयो ।

सार्वजनिक यातायात सेवा प्रदायक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. अव पूर्ण रुपमा अटोमेशनमा, कार्यालय सबै डिजिटलाइज, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने बनाएको अध्यक्ष केसीले दाबी गर्नु भयो । पोखराबाट देशका अधिकांश शहर तथा ठाँउसम्म जानको लागि कम्पनीसंग हाल १ हजार ३ सय ५० वटा बस रहेको कम्पनीले जनाएको छ ।

यसैबिच, कार्यक्रममा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले देशभरबाट हाल आफुहरुसंग उक्त कम्पनी सहित ३ सय ९५ वटा व्यवसायीक कम्पनीहरुका बसको टिकट काट्ने सिस्टम रहेको बताउनु भयो । देशमा हाल ६२ जिल्लामा दैनिक ५० हजार यात्रुले एकै दिनमा टिकट बुक गर्न सक्ने सफ्टवर सहित बस सिट क्षमता रहेको उहाँले दाबी गर्नु भयो ।

यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई थप व्यवस्थित् बनाउँदै यात्रुहरुलाई सुविधा दिनुपर्छ भन्ने संकल्प लियर आफुहरुले उक्त सेवा सुरु गरेको सिईओ खनालले बताउनु भयो । देशकै अग्रणी यातायात सेवा प्रदायक कम्पनी पृथ्वीराजमार्ग बस संचालक कम्पनीसँग जोडिन पाउँदा आफुहरुलाई अत्यन्तै खुशी लागेको बताउदै उहाँले पोखराबाट यो सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।

बिगत ५० वर्ष भन्दा धेरै समय सेवा दिंदै आएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा. लि.ले नेपालका प्रमुख शहर काठमाण्डौ, बुटवल, हेटौडा देखि पूर्वका मुख्य शहरहरु धरान, विराटनगर, जनकपुर, विरगञ्ज, काँकडभित्ता देखि सुदुर पश्चिमका दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, बर्दिया तथा महेन्द्रनगर सम्म गरि ३० भन्दा बढि शहरमा सेवा दिदै आएको कम्पनीले दाबी गरेको छ । कम्पनीले ४ सय १० वटा भन्दा धेरै रुटबाट करिब १३५० बस मार्फत सेवा दिँदै आएको छ । पृथ्वी यातायातबाट दैनिक ८ हजार भन्दा बढि यात्रुले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको अध्यक्ष केसीले बताउनु हुन्छ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग माध्यम भएको दाबी गर्दै हाल नेपालमा दश प्रतिशत मानिसहरुले मात्र अनलाइनबाट बस सेवाको टिकट बुक गर्ने गरेको बससेवाका कमल गौतमले बताउनु भयो । ग्लोवल च्यानलका सबै प्रविधिबाट अनलाइन मार्फत बसको बुकिङ गर्दा टिकट काट्न सकिने व्यबस्था मिलाइएको उहाँले जनाउनु भयो । अनलाइन सेवालाई प्रभावकारी बनाउन यात्रुले अनलाइन सेवा प्रयोग गर्न बससेवाका बिष्णु पोखरेलले बताउनु भयो ।