पोखरा १४, पुष
पोखरा महानगरपालिकाले यसपालीको १४ औं संस्करणको कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । पोखरा रंगशालामा शुक्रबार देखि सुरु भएको उक्त प्रतियोगितामा २८ स्वर्ण, १५ रजत र २ काश्य पदक सहित पोखराले उपाधि रक्षा गरेको हो ।
कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका १ स्वर्ण, ६ रजत र १० काश्य पदकका साथ दोश्रो हुँदा, रुपा गाउँपालिका १ स्वर्ण ४ रजत र ८ काश्यका साथ तेश्रो भएको छ ।
प्रतियोगिता अन्र्तगत छात्र–छात्रा भलिबल, कबड्डीमा समेत दुवैतर्फ पोखरा महानगर उपाधि जितेको हो । त्यसै गरी एथलेटिक्सको समग्र इभेन्टमा पोखरा महानगरले उपाधि रक्षा गरेको छ ।
बिजेता टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले शिल्ड, ट्रफी, नगद, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँको अध्यक्षतामा भएको थियो । उक्त प्रतियोगिताबाट ६ खेलबाट १०८ जना खेलाडीहरु छनौट गरिएको छ । प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड हुदै छनौट भएका खेलाडी केही समय पछि केन्द्रमा सहभागि हुने भएका छन्।