पर्यटन

घान्द्रुक पर्यटन महोत्सव सुरु, घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु सबैको कर्तव्यः अध्यक्ष केसी

कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ । सो महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउने कर्तव्य सबैको रहेको बताए । ‘अन्नपूर्ण गाउँपालिकाको ७ देखि ११ नम्बर वडा हामीले पर्यटकीय क्षेत्रको रुपमा अगाडि सारेका छौं, अध्यक्ष केसीले भने, ‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा १०÷११ मा पर्ने घान्द्रुक आन्तरिक तथा बाह्य… पुरा पढौ

पोखरामा धुमधामका साथ ट्होटें पर्व मनाइयो ( फोटो एवं भिडियो सहित)

दीननाथ बराल,पोखरा २७, चैत, यस बर्षको चैत महिनको अन्तिम मंगलबार पोखरामा पनि ट्होटें पर्व धुमधामका साथ मनाइएको छ । तमु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा रहेको ट्होटें पर्वको अवसरमा मंगलबार पोखरामा उक्त पर्व धुमधामका साथ मनाइएको तमु धिँ नेपालका अध्यक्ष हुम तमुले बताउनु भयो । उहाँका अनुसार मंगलबार पोखरामा झाँकी सहितको वृहत् ¥याली प्रदर्शन गरिएको छ । तमु धिँ नेपालको कार्यालयबाट सुरु भएको ¥याली नयाँबजार, पृथ्बीचोक, सभागृहचोक हुदै पोखरा सभागृहमा पुगेर समारोहमा परिणत भएको थियो । चैत महिना र साउन… पुरा पढौ

हरिचोक स्थित लान्द्रुक पेट्रोल पम्प एक साता भित्र हटाउन निर्देशन

पोखरा महानगरपालिका वडा नं।१ र २ हरिचोकमा पुष्पलाल मध्य पहाडी लोक मार्ग विस्तारको काम भइरहेको छ । सो क्रममा वडा नं।१ तर्फ सडकको सेन्टर पोइन्टबाट १२।५ मिटरमा नाला निर्माण गर्दा नाला नागबेली बन्ने अवस्था आएपछि यसलाई सिधा बनाई उचित व्यवस्थापन गर्न स्थानीयले गरेको मागको सम्बोधनका लागि स्थलगत अवलोकन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापा, वडा प्रहरीका कार्यालय बगरका प्रमुख, वडा नं।१ का वडा अध्यक्ष… पुरा पढौ

आलु महोत्सवमा ‘३ लाखको आलु कारोवार’

१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको दोस्रो दिन सोमवारसम्म करिव रु।३ लाखको आलुको कारोवार भएको छ ।त्यहाँ प्रतिकेजी रु।४० मा आलु बिक्रीवितरण भइरहेकोमा आलु किन्नकै लागि पोखरा महानगरपालिका लगायत अन्नपूर्ण गाउँपालिका, माछापुच्छे« गाउँपालिका सहित छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु महोत्सव स्थल पुगेका छन् । कतिपयले हेमजाको आलु मिठो हुने भन्दै चाख्नकै लागि भएपनि आलु किन्न पुगेको प्रतिक्रिया दिएका छन् ।हेमजाको आलु छिटो पाक्छ, अन्यको तुलनामा बढी स्वास्थ्यकर पनि छ, त्यसैले यसपटक घरमा चाहिने ३० किलो आलु किनी लगेको सोमवार आलु… पुरा पढौ

मुस्ताङमा अत्याधिक पर्यटक जादा होटल नपाउने समस्या

दीननाथ बराल, पोखरा २६, चैत, हिमालपारीको जिल्ला मुस्ताङमा घुम्न गएका पर्यटकहरुले होटल नपाएको गुनासो गर्नु भएको छ । काठमाण्डौं देखि केही दिनको लागि मुस्ताङ जाने क्रममा मुस्ताङमा होटल रुमहरु सहज ढंगले नपाएको कलाकार तिलक बस्नेतले बताउनु भयो । उहाँले भन्नु भयो “हामी सुटिङ गर्नको लागि सहित मुस्ताङमा घुमघामको लागि काठमाण्डौंबाट पोखरा हुदै मुस्ताङ तर्फ लाग्दै गर्दा होटल बुझेकोमा सहज ढंगले मुस्ताङको मार्फा, लेतेमा होटल नपाए पछि बल्लबल्ल जोमसोममा एउटा होटलमा बस्ने भएका छौं । ” आफुहरुसंग २५ जनाको टिम भएको… पुरा पढौ

द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट

साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा ुफायर डान्सु गरि नयाँ बर्षलाई स्वागत गर्ने योजना छ । विश्वकै दोस्रो अग्लो बन्जी सन्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन नाइट बञ्जी आयोजना गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । कम्पनीले यसअघिका नयाँ वर्षहरूमा पनि नाइट बञ्जी गर्दै आएको थियो । नयाँ वर्षको अवसरमा कम्पनीले चैत ३० र वैशाख १ क्लिफको… पुरा पढौ

अघिका सरकारले ल्याएका राम्रा कामलाई निरन्तरता दिन्छौंः गण्डकी प्रदशेका मुख्यमन्त्री अधिकारी, २ जना विना विभागिय मन्त्री

दीननाथ बराल, गण्डकी प्रदेशमा हालै नियुक्त हुनु भएको मुख्यमन्त्री खगराज अधिकारीले अघिका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताउनु भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टद्धारा सपथ ग्रहण गरे पश्चात पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै उहाँले समृद्ध प्रदेश सुखि प्रदेशबासी बनाउने अभियानमा अघिका सरकारले ल्याउका राम्रो कामको निरन्तरता दिदै प्रदेशको आवश्यकता अनुसारको विकास निर्माणलाई प्रथामिकता दिने बताउनु भएको हो । एमालेबाट दोश्रो पटक मुख्यमन्त्री बन्नु भएको अधिकारीले दलहरुको समर्थनमा आफुहरुले बहुमत पुर्याएको दाबी गर्नु भयो । बहुमत नपुगी असंवैधानिक… पुरा पढौ

पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप पुरुषमा राजेश र महिलामा वर्षालाई उपाधि

पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा बस्नेतले उपाधि जिते । पुरुषमा अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । महिलातर्फ मन्दिरा भण्डारी दोस्रो र सुरक्षा केसी तेस्रो भए । पुरुष र महिलातर्फ प्रथमले जनही १ लाख ५० हजार प्राप्त गरे । पुरुषमा दोस्रो र तेस्रोले क्रमशः १ लाख र ५० प्राप्त गरे… पुरा पढौ

आलु महोत्सव सुरु, प्रति केजी आलु ४० मा उपलब्ध

१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताए ।उनले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको स्पष्ट पनि पारे । प्रमुख आचार्यले महोत्सवले कृषिका धेरै… पुरा पढौ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः खगराज अधिकारी नियुक्त

दीननाथ बराल,पोखरा २५, चैत, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः खगराज अधिकारी नियुक्त हुनु भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले संसदीय दलका नेता अधिकारीलाई आइतबार पुनः दोश्रो पटक मुख्मन्त्रीमा नियुक्त गर्नु भएको हो । प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । आजै नेता अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८ र एक स्वतन्त्र राजीव गुरुङ(दिपक मनार्ङ) गरी ३१ जनाको समर्थनको पत्र प्रदेश प्रमुखलाई बुझाउदै नयाँ… पुरा पढौ